जनज्ञान भण्डार मावि कोटखोलाको ५० औ स्वर्ण बार्षिकोत्सब सम्पन्न

0
115

हुमबहादुर कार्की -गुर्भाकोट नगरपालिका वडा न.२ मालारानीमा रहेको जनज्ञान भण्डार माध्यमिक बिद्यालयको ५० औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रकाश डिसिको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथी कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढाथोकी रहनु भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै सामाजिक बिकास मन्त्री बुढाथोकीले बिद्यालयको ५० औ बर्ष पार गरेको शुभकामना दिदै शिक्षा बिकासको मेरुदण्ड हो यस बिद्यालयले धेरै दक्ष जनशक्ति उत्पादन गरेसंगै यहाँका अभिभावकको अहम भुमिका रहेको हुनुका साथै यस बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि बिगतदेखि सामाजिक बिकास मन्त्रालयबाट सहयोग हुँदै आएको र आगामी दिनहरुमा पनि यस बिद्यालय प्रती सहयोग गरि सैद्धान्तिक शिक्षासंगै प्राबिधिक शिक्षाको ब्यबस्था हुने बताउनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी सुर्खेत क्षेत्र न. १ (क) का माननीय खड्क पोख्रेलले शिक्षा एउटा पबित्र मन्दिर हो भन्दै बिद्यालयलाई बिगत देखि शैक्षिक तथा भौतिक पुर्बाधारमा सहयोग र सहकार्य गर्दै आएको हुदा अबका दिनहरुमा पनि अझ सहकार्यका साथ लागि पर्ने बताउनु भएको थियो । कार्यक्रममा विशेष अतिथिमा नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना बिक पुर्बबिद्यार्थी मध्यपश्चिमान्चल बिश्वविद्यालय सह प्रअ अमृत गैरे, उप प्राध्यापक गिताराम ढकाल, समाजसेबि युराज ढकाल, युबराज कडेल, निर्देश वलि, खिमानन्द ढकाल, टोपनारायण गैरे, क्षेत्रिय शिक्षा महासंघ अध्यक्ष ढालबहादुर खत्री, गुर्भाकोट बहुमुखी क्याम्पस प्रमुख अर्जुनबहादुर शाही, शिक्षा क्याम्पस तुलबहादुर रानाको सहभागीता थियो । यस्तै अतिथीमा गुर्भाकोट २ अध्यक्ष नोखबहादुर वलि, गुर्भाकोट १ अध्यक्ष रामबहादुर शाही, ओमप्रकाश बुढा, पुर्बबिब्यस अध्यक्ष तिलक खत्री लगायत विभिन्न संघसस्थाका प्रतिनिधि लगायत बिद्यार्थी भाइबहिनीहरुले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा बिध्यालयका प्रध्यानाध्यापक गंगाप्रसाद भट्टले शैक्षिक बर्ष २०७८ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी कार्यक्रममा बिध्यालयप्रति सहयोग गर्ने समाजसेबी लगायत बिध्यार्थीहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पुर्ब बिब्यस अध्यक्ष पुर्ब शिक्षक शिक्षक संचारकर्मी सहयोगीदाता तथा अभिभाबकहरुलाई प्रसंशा पत्र मार्फत सम्मान गरिएको थियो । सोही दिवसका दिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत को नबनिर्मित चार कोठे भबनको उद्घाटन प्रमुख अतिथी यज्ञबहादुर बुढाथोकी बाट गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी खिमानन्द ढकाल, शिक्षक रमेश कुमार लामिछाने, बिध्यार्थि रितु भण्डारीले राख्नु भएको थियो । विद्यालयले विभिन्न सदनात्मक नृत्य, स्वनृत्य, एकल नृत्यको प्रस्तुति गरेर मनोरञ्जनात्मक कार्यक्रम राखेको थियो । कार्यक्रममा बिद्यालयले शैक्षिक शत्र २०७८ को बिद्यार्थी नतिजाको पुरस्कार, बिद्यार्थी अनुसाशन, अतिरिक्त क्रियाकलाप खेलकुद सरसफाइ लगायत सृजनात्मक नतिजाको पुरस्कार बितरण गरेको थियो भने कार्यक्रमको संचालन शिक्षक दिनेश शर्माले गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here