हुम बहादुर कार्की, सुर्खेत- गुर्भाकोट नगरपालिका वडा नम्बर.२ स्थित मालारानी खरिगैरामा रहेको जनज्ञान भण्डार माबी कोटखोलाको बिधालय ब्यबस्थापन समितिमा पुनः प्रकाश डिसीलाई अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । पटक पटक बसेको अभिभावक भेला र अर्धसमितिले पुर्बअध्यक्ष प्रकाश डिसीलाई नै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरिएको हो ।
अध्यक्ष डिसिले बिगत तीनदेखि यस बिद्यालयको बिधालय ब्यबस्थापन समितिको अध्यक्ष भै सेवा दिदै आएका थिए । अध्यक्ष डिसिले पुनः बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा सर्बसम्मतबाट चयन गरेकोमा धन्यवाद दिदै बिद्यालयका शैक्षिक र भौतिक निर्माणसंगै परिवर्तन बिधालय प्रशासनलाई विशेष तरिकाले निति र विधि अनुरुप शैक्षिक सुधार गर्दै अबको तीन बर्षमा नमुना बिधालयको लक्ष्य सहित अघि बढ्ने बताए । गुर्भाकोट वडा न.२ का वडाअध्यक्ष नोखबहादुर वलिको अध्यक्षतामा बसेको पटक पटकको अभिभावक भेलाबाट अध्यक्षमा प्रकाश डिसि, सदस्यमा सदस्यहरुमा टोजकुमारी बिक, चन्द्रामा थापा भण्डारी, भिमा पौडेल, चन्द्र ढकाल, वडा अध्यक्ष नोखबहादुर वलि चयन गरिएको बिधालायले जानकारी दिएको छ । प्रध्यानाध्यापक स्वत सदस्य सचीवमा रहने प्राबधानमा रहेको हुदा प्रध्यानाध्यापक गंगाप्रसाद भट्ट रहेका छन् ।
अध्यक्ष प्रकाश डिसिले बिगतका कार्यकालमा निर्माणधिन तटबन्ध सम्पन्न गर्दै बाढिका कारण भत्तकिएको तटबन्धलाई पुनः सम्पन्न गरि चार कोठे भबन, दुई वटा सौचालय निर्माण, बिधालय घेराबार, तीन कोठे ट्रस्ट भबन, बिधालय प्रोग्रामका लागि मन्च निर्माण, फिल्ड निर्माण, बृक्षारोपण हरितकोण, कक्षा कोठा लाइटसंगै पंखा जडान, कम्प्युटर ल्याब, ईलाइबेरी, कोरोनाका कारण बिधालय पढाइ नहुन सक्दा बिद्यार्थीलाई सिम बितरण गरि अनलाइन कक्षा सन्चालन , बिधालयको आर्थिक उन्नतिसंगै बिधालय अनुगमनका साथ बिधालय प्रशासन परिवर्तन लगायतका दर्जनौ कार्य गरेको अभिभावकको भनाइ छ । अबको कार्यकालमा अपुरा अधुरा कामलाई पूरा गर्दै नमुना बिधालय बनाउनेतर्फ लाग्ने योजना भएको हुदा सबै तहबाट साथ र सहयोगको आशा रहेको अध्यक्ष डिसिले बताए । उक्त बिद्यालयमा बालबिकासदेखि कक्षा १२ सम्म संचालन हुँदै आएको छ ।