हुमबहादुर कार्की, बैशाख १ -गुर्भाकोट नगरपालिका वडा न. २ स्थित सन्चालनमा रहेको जनक शुपथ मुल्य पसलले नयाँ बर्ष २०८० को अबसर पारी आफ्नो वडामा रहेका अति बिपन्न ३ घरपरिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेका छन । स्थानिय व्यावसायिक जनक शुपथ मूल्य पसलले आफ्नो वडा भित्र रहेका बिपन्न परिवारलाई सहयोगमा चामल,दाल,नुन ,तेललगायत तरकारी खाद्यान्न सामग्री सहयोग प्रदान गरेका हुन ।
नयाँ बर्षको अबसरमा ग्राहक बर्ग आफन्तजन, साथिभाई, इस्टमित्रलगायत सबैमा सुभकामना व्यक्त गर्दै गुर्भाकोट नगरपालिकाको वडा नं. २ का अतिविपन्न, दलित तथा अशक्त गरिबी परिवारलाई खाद्यान्न वितरण गरिएको जनक शुपथ मूल्य पसलका संचालक जनक ढकालले बताउनुभयो । खाद्यान्न वितरण कार्यक्रममा खिमानन्द ढकाल, यसैगरी युवराज ढकाल, निम बहादुर खड्का, बेलमती बुढा, उषा भण्डारी, ढकलाल भण्डारी, यज्ञ ढकाल, नर बहादुर बिक लगायतको उपस्थित रहेको थियो । यसरी खाद्यान्न पाउँदा आयस्रोत न्यून रहेका परिवार खुसी भएका छन् । गुर्भाकोट नगरपालिका वडा न. २ पल्लो मालारानी बस्ने लक्ष्मि प्रसाद पोख्रेल , दह बस्ने रुपकली दमाई र देउतिडाडा बस्ने रिमा सार्कि परिवारलाइ प्रतिपरिवार एक बोरा चावल,एक प्याकेट नुन,एक बोतल तेल एक किलो दाल र पाँच किलो आलु बरावरको खाद्यान्न वितरण गरिएको उहाँकि श्रीमती अन्जु ढकालले बताउनुभयो ।
जनक शुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामाग्री जस्तै चामल, दाल, नुन, तेल,पिठो, तरकारी लगायत कोल्डड्रीङ्क , सरसफाइ सामाग्रीहरु र स्टेसनरी सङ्गै मेकअपका सामाग्रीहरु होलसेल तथा फुटकर मूल्यमा बिक्रीवितरण भएसंगै अर्डर अनुसारको सामान होम डेलिभरीको ब्यबस्था समेत सन्चालनमा रहेको छ । यहाँ सस्तोमा फोटो धुलाई गरिनु का साथै फोटोकपीको ब्यबस्था समेत रहेको छ ।