छ महिनादेखि गुर्भाकोट २ दर्खासेस्थित नेरा प्राविको विवस गठन अन्यौल

0
668

हुमबहादुर कार्की, पुष ९ -गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित दर्खासेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छ महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन् । भुतपुर्व विद्यालय अध्यक्ष निर्देश वलीको समितीको पदभार सकिएको छ महिनासम्म नँया समिति गठन अन्यौलमय बनेको छ ।

चालू आर्थिक बर्ष सुरु भएसंगै अध्यक्ष वलीको पदभार सकिएपछि नँया समिती गठन चयनको प्रक्रियामा ११ बैठक बैठक बसेपनि पूर्ण हुन सकेको छैन् । भुतपुर्व विद्यालय समिती को पदभार २०७९ असार महिनामा सकिएको थियो । गत साउन महिनाभित्र नयाँ समिती चयन गरि सक्नुपर्ने भएतापनि विद्यालयले लामो समय बितिसक्दा पनि नयाँ समिति पाउन सकेको छैन । जसकारण बिद्यालयको पठनपाठन भौतिक पुर्बाधार विकासलगायत विविध बिषयहरुबाट पाउनुपर्ने र गर्नुपर्ने कार्यबाट बन्चित भएको प्राध्यानाध्यापक कासिराम वलीले बताउनुभयो । असार महिनादेखि यता ११ पटक समिती गठनका लागि बैठक बस्दा अझैसम्म पनि केही टुङ्गो नलागेको र अध्यक्ष पदका लागि धेरै आकांक्षी भएका कारण पनि सहमती जुट्न ढिलाइ भएको प्रअ वलीले भन्नुभयो । पुर्ब विवस समितीको पदभार समाप्त भएसंगै अध्यक्षको यस बिद्यालयका नियमित बैठकहरुमा उपस्थित नभएको र भौतिक निर्माण कार्यहरुलगायत बिद्यालयको शिक्षा समेत छताछुल्ल भएको स्थानीय अभिभावक रामबहादुर वलिले बताउनुभयो । जसकारण शिक्षकको नियमितता आचारसंहिता पालान बिद्यालयको पढाइ लेखाइ रेखदेखसंगै बिकास निर्माण कार्यबाट पछि पर्नुका साथै प्रशासन सञ्चालन शिक्षक नियुक्ति राहत दरबन्दी तलबजस्ता बिषयहरुबाट पछि परेको अभिभावक हरुको भनाइ रहेको छ ।


उक्त बिद्यालयमा नबनिर्मित शौचालय गुर्भाकोट नगरपालिकाको ७ लाख रकम बिनियोजित भएसंगै निर्माण कार्य गर्दा करिब ३ लाख घाटा हुन जादा सोही घाटा रकम कसले भुक्तानी गर्ने गर्ने भन्ने बिषयले पनि समिति गठन प्रक्रिया लम्बिएको आमस्थानीय नागरिक तथा अभिभावकहरुको आकलन गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here