छिन्चुबजारदेखि तोलीखोला पुलसम्म पाँच किलोमिटर चारलेन विस्तार हुँदै

0
231

भेरीगंगा, चैत १४ -भेरीगंगाको ठुलो बजार तथा कर्णाली प्रदेशको प्रवेशद्धारा बजारका रुपमा रहेको छिन्चुबजारको पाँच किलोमिटर सडक चारलेन विस्तार हुने भएको छ । भेरीगंगा १२ को छिन्चुबजार ट्राफिक प्रहरीचोकदेखि तोलीखोला पुलसम्मको पाँच किलोमिटर सडक चारलेनसंगै कालोपत्रे हुने भएको हो ।

चारलेन सडक विस्तारका लागि ४७ करोडको ठेक्का प्रक्रिया सूरु भएको भेरीगंगा १२ का वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । सडक डिभिजन सुर्खेतले छिन्चुमा ५ किलोमिटर सडक चारलेन र कालोपत्रे गर्न टेण्डर आवहन सूरु गरेको वडाअध्यक्ष डाङ्गीले जानकारी दिनुभयो । चारलेन सडकमा चारलेन सडक दाँयाबाँया, दाँयाबाया सडक पेटी, रेलिङ्ग र बिचमा डिभाईडर राखिने भएको छ । ४७ करोडको काम चालू बर्षमा सूरु हुने बताएको छ । छिन्चु बजारमा चारलेन सडक विस्तारका लागि कार्य पनि छिटै प्रारम्भ हुने छ ।

छिन्चुबजारदेखि तोलीखोली पुलसम्म दाँयाबाया गरेर ५ किलोमिटर चारलेन र कालोपत्रे हुने छ । भेरीगंगा वडा नम्बर १२ का जनप्रतिनिधीको दवाव, ध्यानकर्षणपछि सुर्खेत क्षेत्र नम्बर १ का सांसद पुर्णबहादुर खड्काको पहल, समन्वयमा छिन्चुमा चारलेन सडक विस्तारमा बजेट विनियोजन भई टेण्डर प्रक्रिया सूरु भएको वडाअध्यक्ष डाङ्गीले दावी गर्नुभयो ।


छिन्चु बजारमा सडक चारलेन विस्तारका लागि सडक सर्भे, हटाउनुपर्ने संरचना, काट्नु पर्ने रुखहरु, हटाउनुपर्ने विद्युतका पोलहरु र नाली, पुल कल्र्भट बनाउनुपर्ने एकिन तथ्याक संकलन भैईसकेको छ । सडक विस्तारसंगै चारलेनका सबै अवरोध हटाउने, व्यवस्थापन कामको जिम्मेवारी ठेकेदार पक्षको हुने भएको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here