चन्द्रस्मृति कप खुल्ला प्रतियोगिताको तयारी तीव्र

0
159

हुमबहादुर कार्की, चैत २९- नँया बर्षको अवसर पारी बैशाख १ गतेबाट गुर्भाकोटको मेहेलकुनामा संचालन हुने चन्द्रस्मृति कप २०८० खुल्ला प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

गुर्भाकोट ८ स्थित सुर्यज्योति मावि मैदानमा हुने प्रतियोगिताको तयारी, व्यवस्थापन, प्रचारप्रसार, पुर्वाधार निर्माण लगायतका कार्य तीव्र पारिएको हो । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, नृत्य, वक्तृत्वकला लगायतका खेलकुद संचालन हुने आयोजक सृजनशील युवा क्लव गुर्भाकोटका अध्यक्ष राजेश पुनले बताउनुभयो । बैशाख १ देखि ९ गतेसम्म संचालन हुने छ ।

प्रतियोगिात अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here