गुर्भाकोट, बैशाख ५ -गुर्भाकोटको मेहेलकुनामा जारी चन्द्रस्मृति कप २०८० खुल्ला प्रतियोगिता अन्तर्गत आज तीन वटा फुटबल खेलहरु भएका छन् ।

प्रतियोगिताको आज विहानको पहिलो खेल फुलबारी क्लव र दहचौर बिच भएको खेलमा दहचौर २–१ ले विजय भएको छ । यस्तै आजको दोस्रो खेलमा स्काई र बुद्धपथबिचको खेलमा बुद्धपथ ट्राईबेकमा विजय भएको छ । तेस्रो खेलमा अहिले भेरीएकता समाज र गुर्भाकोट ४ बिच खेल भएको थियो । प्रतियोगिता अन्तर्गत भोलिबाट नृत्य प्रतियोगिता समेत सूरु हु्ने आयोजक सृजनशील युवा क्लव गुर्भाकोटका अध्यक्ष राजेश पुनले बताउनुभयो । आज नै प्रतियोगितासंगै कलाकारहरु मानसिह खड्का र केशरी घर्तीले प्रस्तुती राख्नु भएको थियो ।

गुर्भाकोट ८ स्थित सुर्यज्योति मावि मैदानमा प्रतियोगिताहरु संचालन भएका छन् । प्रतियोगितामा १९ वटा क्लवको सहभागीता रहेको छ । प्रतियोगिता बैशाख ९ गतेसम्म संचालन हुने छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here