गुर्भाकोट २ स्थित नेरा प्रावि विव्यस अध्यक्षमा ढकाल

0
343

हुमबहादुर कार्की, पौष १०- गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले ६ महिनापछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष पाएको छ । शनिबार अविभावकको भेलाले २४ बर्ष लगतार शिक्षक सेवा गरेका हरिप्रसाद ढकाल विद्यालय व्यवस्थापन समिती अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।


ढकालले बि.स. २०५४ सालमा शिक्षक बनेर शिक्षा सेवा दिदै बि.स. २०७८ सालसम्म निजि श्रोतबाटै यही विद्यालयबाट आफ्नो कार्यकाल पूरा गरेका थिए । नबनियुत्त ढकालले भने पुन यस बिद्यालयमा सेवा गर्न मौका दिनु भएकोमा सबैमा धन्यवाद दिदै आगामी दिनहरुमा बिद्यालयको शैक्षिक सुधारदेखि भौतिक पुर्बाधार, विद्यार्थी शिक्षक नीति आचारसंहिता लागू हुने गरि बिद्यालयलाई सस्थागत गर्दै नमुनाकै रुपमा अघि बढ्ने बताए । गुर्भाकोट नगरपालिका वडा न.२ का वडाअध्यक्ष नोखबहादुर वलीको अध्यक्षमा बसेको अभिभावक भेलाबाट अध्यक्षमा हरिप्रसाद ढकाल, सदस्यमा हिर्मा डिसि, निर्मला डाङ्गी, बेलमाती थापालगायतका सदस्य पदका लागि चयन गरिएको छ । बाँकी दुई मनोनीत सदस्य पनि चयन भैसकेको छ भने विद्यालयको प्रध्यानाध्यापक सदस्य सचिबमा स्वत रहने प्राबधान छ । हाल प्रध्यानाध्यापकमा कासिराम वलि रहेका छन् । उक्त बिद्यालयमा बालबिकास देखि कक्षा ५ सम्म पढाइ हुँदै आएको छ ।


लामो समयदेखि शिक्षक सेवा गर्दै हाल बिब्यस अध्यक्षमा चयन भएकोमा स्थानीय विद्यार्थी अभिभावकहरुले धन्यवाद दिदै कार्यकालको सुभकामना सामाजिक सन्जालमा पोस्ट गरेका छन् । बिद्यालयमा बसेको आम भेलाले नबसमिती गठन सर्बसहमतमा चयन भएको जनाएको छ । नबनिर्बाचित बिब्यस अध्यक्ष गुर्भाकोट २ वडा कार्यसमितीका कोषाअध्यक्ष समेत रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here