हुमबहादुर कार्की, बैशाख २ -गुर्भाकोट नगरपालिका वडा न. २ का बालबालिका लागि संचालित बेसिक कम्प्यूटर तालिमको शनिबार समापन गरिएको छ । यस्तै आज नै एडभान्स डिप्लोमा कम्प्यूटर तालिमको उद्घाटन गरिएको छ । कम्प्युटर शिक्षा आजको आवश्यकता भन्ने मुल धारका साथ बिरेन्द्रनगर नगरपालिका वडा न. ७ निवासी डा. सन्जु खाती खड्काको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा एक बर्षे एडभान्स तालिम उद्घाटन भएको हो ।
गुर्भाकोट नगरपालिका वडा न. २ को आर्थिक सहयोगमा सञ्चालन भएको तीन महिने बेसिक तथा डिप्लोमा कम्प्युटर तालिमको समापन गरिएको छ । तीन महिने तालिमको आयोजना इन्फोस टेक्निकल एजुकेसन सेन्टरले सन्चालन गरेको थियो । एक बर्षे एडभान्स तालिम डा. सन्जुखाती खड्काको सहयोगमा सूरु भएको हो । उदुघाटन समारोहमा बोल्दै सभाध्यक्ष डा. खड्काले नयाँ बर्ष २०८० को शुभकामना दिदै अतिबिपन्न, गरिबि ,जेहेन्दार दलित र लोपोन्मुख जाती घरपरिवारका बालबालिकालाई कम्प्युटर शिक्षाबाट बन्चित नहुनका लागि आफूले व्यक्तिगत सहयोग गरेको बताउनुभयो । एक बर्षे एडभान्स डिप्लोमा कोर्ष तालिम वडाका पाँच जना बालबालिकाले यो सुबिधा पाउर्ने समेत बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख हस्त पुनले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै कम्प्युटर शिक्षा सरकारी गैरसरकारी तथा व्यक्तिगत रुपमा अतिआबस्यक रहेको हुँदा नगरबाट यस बिषयमा प्रत्येक बर्ष सबै वडाहरुमा वडा र नगरको सल्लाह, सहयोगमा कम्प्युटर शिक्षा तालिम अघि बढेको बताउदै अझै ब्यबस्थित र ब्यबहारिक सहित कम्प्युटर शिक्षालाई अगाडि लैजाने उल्लेख गर्नुभयो । उहाँले सिकेको सीप लाईसहि ठाउँमा सदुपयोग गर्न बालबालिकाहरुलाई अनुरोध गर्नु भयो ।
तालिम समापन कार्यक्रमका सभाध्यक्ष गुर्भाकोट २ का वडाध्यक्ष नोखबहादुर वलीले कम्प्युटर शिक्षा जुनसुकै सस्था तथा कार्यालयहरुमा आवश्यक भएको हुदा यहाँका बालबालिकाहरुलाई निशुल्क तालिम दिई कम्प्युटर शिक्षा प्राप्ति विद्यार्थीको संख्या वृद्धि गर्दै आइरहेको बताउदै आफ्नो सीपलाई सहि स्थानमा प्रयोग गर्दा आर्थिक उन्नति गर्न सकिने हुदा अबसर हेरि विभिन्न कार्यलय तथा सस्थामा भिड्न समेत आग्रह गर्नु भयो । यसैगरी विशेष अतिथि नगर उप प्रमुख मैना बिकले नयाँ सालको शुभकामना आदानप्रदान गर्दै आजको युगमा कम्प्युटर शिक्षाको आबश्यकता र महत्व बारे बुझेर भबिस्यको सोचलाई पूरा गर्नका लागि कम्प्युटर शिक्षामा जोड दिनुपर्ने बताउदै समयको माग र महत्वको साथ बुझेर आगामी दिनहरुमा लागि पर्ने प्रतिबद्धद्धता जनाउनुभयो ।
कार्यक्रममा अतिथी वडा १ का वडाअध्यक्ष रामबहादुर शाहि, कार्यपालिका सदस्य राधा ढकाल ,चित्र बहादुर वलि, समाजसेवी प्रकाश डिसि, खिमानन्द ढकाल, टोपनारायण गैरे, किरण वलि लगायतले शुभकामना तथा मन्तव्य राख्नु भएको थियो । विद्यार्थी भुमिका पौडेल र रितु भण्डारीले कम्प्युटर तालिम बारे आफ्ना भनाइ प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिका कम्प्युटर शिक्षा तालिमका विद्यार्थी भाईबहिनीहरुको नतिजा प्रकाशन गरि प्रथम, दित्तिय र तृतीय स्थान हासिल विद्यार्थीलाई प्रमाणपत्र सहित सस्थाले पुरस्कार बितरण गरिएको थियो । बालबालिका कम्प्युटर शिक्षा तालिममा ३२ जना बेसिक र १० जना डिप्लोमा पढ्ने अबसर पाएका थिए । सस्थाले आर्थिक सहयोग गर्ने सन्जु खाती खड्कालाई माया चिनो प्रदान गरेको थियो । कार्यक्रम सञ्चालन सस्थाका प्रमुख खुम बहादुर बिकले गर्नु भएको थियो ।