हुम बहादुर कार्की, जेठ १०- सुर्खेत गुर्भाकोट नगरपालिका वडा न २ का वडाअध्यक्ष नोखबहादुर वलिले वडा भित्रका सामुदायिक बिधालयसंगै विभिन्न संघसस्थाहरुमा अनुगमन शुरु गरेका छन् । वडा न.२ मै रहेको श्री जनकल्याण प्राथमिक बिधालय खोलाढाबमा पहिलो दिन वडाअध्यक्ष सहितको अनुगमन टिमले शैक्षिक गुणस्तर बुझ्न अनुगमन गर्दा लामो समय बिधालयमा दुई शिक्षक उपस्थित नभएको भेटाएका छन् ।
विधालयका प्रधानध्यापक र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अन्य शिक्षक , शिक्षिका विद्यार्थी लगायतका ब्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रम र भेटघाट गर्नुको साथै अनुगमन गरेका हुन् । वडा अध्यक्ष वलिले शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा शैक्षिक गुणस्तरमा बृद्धि आउने धारणा राख्दै उनले विद्यालयको अनुगमन पश्चात वडाको हरेक काममा तुरुन्तै एक्सनमा जाने बताएका छन् । त्यस्तै उक्त अनुगमनको क्रममा सोही बिधालय मा लामो समय देखि दुई शिक्षक बिना सुचना बिदामा रहेको पाए पछि वडा अध्यक्ष वलिले बिधालयका प्राधानाध्यापक भिमराज डिसि लाई ध्यानाकर्षण गराएका छन । उक्त कमिकजोरिको दुई दिन भित्र शिक्षक बिधालय उपस्थित हुनु नसक्नु को कारण खुलाई तुरुन्तै जानकारी दिन वडा अध्यक्ष वलिले प्रध्यानाध्यापक लाई निर्देशन दिएका छन । सोही बिषयमा प्राध्यापक भिमराज डिसिले बिना जानकारी बिदा मा रहेको बताएका छन! हाजिरी मा हेर्दा शिक्षक चन्द्र बहादुर झिम्ट्याल जेष्ठ १ गते देखि र अर्का शिक्षक धन बहादुर डिसि भने जेष्ठ ४ गते देखि उपस्थित नभएको हाजिरी पुस्तिकाले देखाएको अनुगमन टिमले बताएको छ ।
बिदालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको निरीक्षण तथा बिद्यार्थीहरुको शैक्षिक अवस्था का बारेमा अनुगमन गरिएको थियो । अनुगमनमा वडा अध्यक्ष नोख बहादुर वलि सोही बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रिम बहादुर वलि नगर शिक्षा शाखाका सदस्य प्रकाश डिसि समाजसेवी युराज ढकाल, जीवन ढकाल लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।