गुर्भाकोट, असार २-पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा न.१ मा एक सातादेखि विद्युत अवरुद्ध भएको छ ।
गएको जेठ २८ गतेको हावाहुरीपछि अवरुद्ध विद्युत एक सातासम्म संचालनमा आउन सकेको छैन् । गएको २८ गतेबाट अवरुद्ध बत्ती अहिलेसम्म सूचारु नभएपछि स्थानीय वडाबासी अध्यारोमा बस्न बाध्य भएको स्थानीय उपेन्द्र हमालले बताउनुभयो । हावाहुरीले बत्तीका पोल र तारहरु खसाएपछि विजुली अवरुद्ध भएको थियो । एक सातासम्म बत्ति अबरूद्व हुँदासम्म विद्युत प्राविधिकरणले मर्मत नगरेको स्थानीय हमालले बताउनुभयो ।
विद्युत मर्मत कार्य हुन नसक्दा स्थानिय बासिन्दाहरू अध्यारोमा रात गुजार्न बाध्य रहेका छन् ।
Facebook Comments