गुर्भाकोट १ नेरा प्रावि अध्यक्षमा पुनः सुनार

0
180

हुमबहादुर कार्की, पुष २६- गुर्भाकोट नगरपालिका वडा न.१ स्थित राम्रीकाडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिध्यालयमा नँया समिति गठन गरिएको छ । विद्यालयमा बसेको बैठकले बिध्यालय ब्यबस्थापन समिती गठन गरेको हो ।
अभिभावक भेलाले पुर्बअध्यक्ष प्रवीन सुनारलाई नै बिध्यालय ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरिएको छ । अध्यक्ष प्रवीनले बिगत तीन बर्षदेखि यस बिध्यालयको बिब्यस अध्यक्ष भै सेवा दिदै आउनुभएको थियो । अध्यक्ष प्रवीनले पुनः बिब्यस अध्यक्षमा सर्बसम्मत बाट चयन गरेको मा धन्यवाद दिदै बिद्यालयका शैक्षिक र भौतिक निर्माणसंगै परिवर्तन गर्ने बताए । गुर्भाकोट वडा न.१ का वडा रामबहादुर शाहिकोको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट अध्यक्षमा प्रवीन सुनार सदस्य पदमा दालमाया अधिकारी, संगिता सोमै, याम बहादुर थापा, भक्त बहादुर गाहालगायत शिक्षक प्रतिनिधिबाट पदम थापा र पधेना सदस्यमा वडाअध्यक्ष चयन गरिएको बिधालायले जानकारी दिएको छ ।

प्रध्यानाध्यापक स्वत सदस्य सचीवमा रहने प्राबधान मा रहेको छ । हाल प्रध्यानाध्यापक कुश्मा शाही रहेकी छिन । उक्त बिध्यालयमा बालबिकास देखि कक्षा ८ सम्म कक्षा संचालन हुँदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here