हुमबहादुर कार्की, पौष १३ -गुर्भाकोट नगरपालिका वडा न.१ स्थित काल्चेमा रहेको जनज्योति प्राथमिक बिद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गठन गरिएको छ । बुधबार बसेको अभिभावक भेलाले पुर्बअध्यक्ष सुबर्ण भट्टराईलाई नै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरेको हो ।
भट्टराईले बिगत तीन बर्ष देखि यस बिद्यालयको बिब्यस अध्यक्ष भै सेवा दिदै आएका थिए । अध्यक्ष भट्टराईले बिगतका दिनहरुमा बिद्यालयप्रति भनेजति भौतिक पुर्बाधार बिकाससंगै शिक्षामा परिवर्तन हुन बाकी रहेका बिषयहरुलाई अबको कार्यकालमा बिद्यालयको शैक्षिक सुधारदेखि भौतिक निर्माणसंगै बिद्यालय प्रशासन नीति नियम आचारसंहिता परिबर्तनका लागि विभिन्न निकायमार्फत जानकारी लिई योजनाबद्ध परिवर्तन गर्ने बताए । उनले सबै तहबाट साथ र सहयोगका लागि आशा गरेको समेत बताए । गुर्भाकोट वडा न.१ का वडासदस्य मङ्गली पुनको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट अध्यक्षमा सुबर्ण भट्टराई, सदस्यहरु ग लिलाराम भट्टराई, रिणु बुढा, बालिका भट्टराई,ओपि बिक, कल्पना लामिछानेलाई चयन गरिएको छ ।
बाकी मनोनीत सदस्य गठनसंगै बिद्यालयको प्रध्यानाध्यापक स्वतः सदस्य सचीवमा रहने प्राबधान मा रहेको छ । हाल प्रध्यानाध्यापक खिमाकुमारी पुन रहेकी छिन । उक्त बिद्यालयमा बालबिकास देखि कक्षा ५ सम्म पढाइ हुँदै आएको छ ।