भेरीगंगा, असार ३ – गुर्भाकोट र भेरीगंगा नगरपालिकाभित्र कोरोनाबाट प्रभावित विपन्न र गरिव घरधुरीलाई राहात वितरण गरिएको छ । जिरी नेपाल र फेडो संस्थाको आयोजना तथा यु–यान ओमेन जेनेरेसन ई–क्वालिटीको सहयोगमा भेरीगंगा र गुर्भाकोटका ५० जना घरधुरीलाई खाद्यन्नससिहतको राहात प्याकेज वितरण गरिएको हो ।
“आघात पछिको सशक्तिकरण बाटो परियोजना’’ अन्तर्गत गुर्भाकोट र भेरीगंगा नगरपालिकामा शुक्रबार एक कार्यक्रमका बीच राहात सामाग्री वितरण गरिएको छ । गुर्भाकोट नगरमा मेयर हस्त पुन र उपमेयर मैना विकले संयुक्त रुपमा उक्त राहात प्याकेज वितरण गरे । हरेक नगरपालिकामा दुई वडा वडा समेटेर राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिकामा वडा नम्बर ६ र वडा नम्बर १२ छनौंटमा परेका थिए । जस अन्तर्गत वडा नम्बर ६ बाट १२ घरधुरी र वडा नम्बर १२ बाट १३ घरधुरी गरि जम्मा २५ जनालाई राहात सामाग्री वितरण गरिएको हो । जस अन्तर्गतप्रति परिवारलाई जिरा मसिनो चामल ३० केजी २ बोरा, दाल ६ केजी, नुन २ केजी, खाने तेल ४ लिटर, चना २ केजी, चिनी ४ केजी, साबुन १२ वटा, कपडा धुने सोडा १ केजीको २ वटा, डेटोल २ बोतल, कटन रोल २ रोल, जिबनजल १२ वटा, एलपी ग्यास सिलिन्डर १ वटा, ग्यास चुलो पाईप रेगुलेटर लाईटर १÷१ वटा र मोबाईल १ सेट वितरण गरिएको थियो । भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ र १२ का २५ घरधुरीलाई उक्त राहात वितरण गरिएको छ ।
गुर्भाकोटको राहात वितरण कार्यक्रममा नगरप्रमुख, नगर उपप्रमुख, वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष प्रेमप्रकाश वली लगायतले आफ्नो भनाई राख्दै गुर्भाकोट नगरपालिकामा गरिब तथा निमुखा बर्गको खोजि गरी राहात वितरण गरेकोमा आयोजक संस्था जिरी नेपाल र फेडो संस्थालाई धन्यबाद ज्ञापन गरेका थिए । राहात लिन पुगेका वडा नम्बर ६ र १२ का स्थानीयले राहात वितरण हुदा आफुहरु लाई खुशी लागेको भन्दै यसरी वितरण हुने राहातलाई नगरपालिकाले निरन्तरता दिन समेत आग्रह गरेका थिए ।