गुर्भाकोट मेयरमा हस्त पुन र उपमेयरमा मैना विक

0
438

गुर्भाकोट, जेठ ३- गुर्भाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गुर्भाकोटको पालिकामा पाँच बर्षीय कार्यकालका लागि मेयरमा हस्त पुन र उपमेयरमा मैना विक विजय भएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार गुर्भाकोटको दश वटा वडाहरु नेपाली कांग्रेस र ४ वटा वडा नेकपा एमालेले जितेको छ ।

नेपाली कांग्रेसले वडा नम्बर २,३,४,५,६,७, ८,९,१२ र १३ विजय हासिल गरेको छ । नेकपा एमालेले वडा नम्बर १,१०,११ र १४ वडामा विजय हासिल गरेको छ । गुर्भाकोट वडा नं. ५ बाट नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार लालबहादुर पुन लगायत सम्पूर्ण टिम विजयी भएको छ । यस्तै गुर्भाकोट १० मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा थमान खत्री लगाएत सम्पूर्ण विजयी भएको छ । गुर्भाकोटमा अहिले वडा नम्बर ६ मा कांग्रेसका गोविन्द वली विजय भएका छन् ।

वडा नम्बर ९ मा कांग्रेसका ज्ञानबहादुर खत्री विजय भएका छन् । गुर्भाकोटमा ८ म कांग्रेसका किरण विक र ७ वडामा कांग्रेसका बासुदेव शर्मा विजय हुनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here