अम्मर राजवंशी, चैत ५ -गुर्भाकोट नगरपालिका वडा नम्बर ९ सहारेमा अवस्थित गुर्भाकोट बहुमुखी क्याम्पस सहारेको स्ववियु निर्वाचनबाट सभापतिमा गोपाल खड्का सर्बसमत निर्बाचित हुनु भएको छ । आईतबारस्ववियु निर्वाचनमा गुर्भाकोट बहुमुखी क्याम्पसका विद्यार्थी संगठन विच सर्वसहमतिमै पदाधिकारी चयन भएको छ ।


जसमा स्ववियु सभापतिमा गोपाल खड्का निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा मन्जु बुढा मगर, सचिवमा अम्मर बहादुर वलि , सहसचीवमा अन्जना खत्री, कोषाध्यक्षमा रिम बहादुर थापा रहनु भएको छ । यस्तै सदस्यहरुमा साबित्रा डाङ्गी, कविता खत्री, यसोदा घर्ती, भिमबहादुर डाङ्गी, यामराज घर्ती, निर्मला खत्री, साबित्रा खड्का, चन्द्रा कुमारी बुढा, अस्मिता खत्री, युबराज बुढा रहनु भएको छ ।

क्याम्पसको प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ ७ जना गरि १५ जना सदस्यीय नयाँ कार्यसमिति रहको निर्वाचन मण्डल संयोजक गोबिन्द भट्टराईले जानकारी दिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here