गुर्भाकोट नगर प्रमुखमा ७ जनाको उम्मेदवारी

0
650

गुर्भाकोट, बैशाख १३- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेत गुर्भाकोट नगरपालिकाका प्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले तिलकबहादुर खत्री, नेपाली काँग्रेसको हस्त पुन, नेकपा माओवादी केन्द्रको जयबहादुर डाँगी, एकीकृत समाजवादीको गौमाया ओली, राािष्ट्रय जनमोर्चाबाट टेकबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलावती रेग्मीले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिनुभयो । निर्वाचन अधिकृत भण्डारीका अनुसार स्वतन्त्र उम्मेदवार जयबहादुर खत्रीले पनि प्रमुखमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा एमालेका सुशीला कुमारी विक (सुनार), नेपाली काँग्रेसका मैना विक, नेकपा माओवादी केन्द्र टिका शर्मा र राप्रपाका मोहन सापकोटाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एकीकृत समाजवादी र जनमोर्चाबाट उपप्रमुखमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोट नगरपालिका सुर्खेतले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here