गुर्भाकोट नगरपालिकामा वडाबाटै योजना सम्झौता र भुक्तानी सूरु

0
627

हुमबहादुर कार्की, पुष ४ -वडा वडाबाट योजना सम्झौता, भुक्तानी गर्न नगरमै आउँदा नगरबासीलाई आर्थिक र समयको झन्झट, बोझ र तनाव भएको भन्दै सुर्खेतको गुर्भाकोट नगरपालिकाले वडाबाटै सम्झौता र भुक्तानी सूरु गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक र लेखापाल वडामा पुगेर योजना सम्झौता र भुक्तानी सूरु गरेको हो ।


पुष महिनाबाट नगरबाटै प्रमुख प्रशासकिय अधिकृतको टीम वडामा पुगेर योजना सम्झौता सुरु गरेको हो । नगरपालिकाले प्रत्येक वडा कार्यलयमा पुगि वडाबाटै योजना सम्झौता र भुक्तानी गरि जनताहरुलाई सहज, छिटो, छरितो र झन्झटिलोमुक्त सेवा दिन थालेको हो । पौष ४ गते सोमबारदेखि गुर्भाकोट नगरपालिका वडा न. २ को कार्यालयबाट १ र २ वडाका योजनाहरु सम्झौता सूरु भएको छ । वडामा पहिलो दिन १९ वटा योजना सम्झौता गरिएको गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबकिरण बुढाले बताए । सम्झौता बमोजिम पेश्की, भुक्तानी र सम्झौताका प्रक्रियाहरु वडाबाट सूरु भएको उनले भने । नगरपालिकाको टिम हरेक दिन वडावडामा पुगेर विकासका योजनाको सम्झौता पुष मसान्तसम्म सक्ने बुढाले बताए । वडास्तरीय साना योजना सम्झौता गर्न जनताहरु नगरपालिका पुग्न दुख हुने र समय बित्ने भएकोले जनताहरुको सहजताका लागि वडाबाटै सेवा दिन थालिएको गुर्भाकोटका मेयर हस्त पुनले बताए । सोमबारदेखि सुरु गरिएको योजना सम्झौता कार्य वडा न. २ को कार्यालयबाट सेवा सुचारु गर्दा सफल भएको र बाँकी वडा अन्तर्गत सहारे धारापानी हुँदै वडा कार्यालयबाटै योजना सम्झौता अघि बढाइने पुनको भनाई छ । नगरको सेवाबाटै वडामा दिन थालेपछि सम्झौता कार्यक्रममा योजना संचालकदेखि अनुगमन र भुक्तानीको प्रक्रिया बारेमा जानकारी दिनुका साथै अन्तिम रकम भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी दिइएको छ । वडाबाटै सेवा दिने कार्यक्रममा योजना शाखाबाट निरक केसि, ओमप्रसाद चपाइ, दिपक शर्मा, प्राबिधिक शाखाका इन्जिनियर अर्जुन खत्री, सहायक इन्जिनियर भानुभक्त ढकाललगायत लेखा सहितको टोलि वडा कार्यलयमा सम्झौता कार्यका लागि खटिएको हो । नगरपालिकाले अव वडामै सम्झौता भएको योजना, कार्यक्रमको भुक्तानीको अनुगमन, प्रतिवेदनका काम पनि वडामै गएर गर्ने उमेयर मैना विकले जानकारी दिईन् । जनप्रतिनिधी र कर्मचारीको सुविधा र सहजताभन्दा पनि वडाबासीको सहजता र छिटो विकासका काम सक्न वडाबाटै सेवा प्रभाव थालिएको विकले भनिन् ।


गुर्भाकोट नगरपालिकाको बार्षिक नीति बजेट तथा कार्यक्रम २०७९ का अनुसार नगरकार्य पालिकाबाट अनुमोदन भएका शिर्षक जस्तै शिक्षा स्वास्थ्य यातायात पुर्बाधार लैङ्िगक समता तथा सामाजिक समाबेसीकारण खानेपानी तथा सरसफाइ सम्पदा पुर्बाधार भाषा सस्कृती शहरी बिकास युवा तथा खेलकुद पुर्बाधार बित्तीय सुसासानजस्ता उपक्षेत्रहरुमा योजना सम्झौता वडाबाट सूरु भएका हुन् । वडाबाटै योजना सम्झौता हुदा स्थानीयहरु लाभान्वित भएका छन् । नगरमा सम्झौता गर्न जादा यातायात खर्च नास्ता खर्च हुनुका साथै समयको समेत बर्बाद हुने गथ्यो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here