गुर्भाकोट नगरपालिकाद्वारा क्षयरोग पिडितलाई आर्थिक सहयोग

0
226

दिलिप ढकाल,गुर्भाकोट,भदौ २४ – गुर्भाकोट नगरपालिकाद्वारा क्षयरोग पिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गुर्भाकोट नगरपालिकाले वडा नम्बर ९ भुल्के निवासी कर्ण बहादुर घर्ती र कौशिला घर्तीका  छोराको उपचारको लागि आर्थिक सहयोग दिएको हो ।

क्षयरोग पिडित तिन बर्षीय प्रभास घर्तीलाई क्षयरोग पुष्टि भए पछि नगरपालिकाले आर्थिक सहयोग गरेको नगर प्रमुख हस्त पुनले बताए । पिडित प्रभास घर्तीको आमालाई नगरपालिकामा बोलाएर रु १०,००० आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो। नगरपालिकामा क्षयरोग मुक्त पालिका कार्यक्रम संचालन भैइरहेको हुदा उक्त कार्यक्रमबाट बिरामीलाई यातायात खर्च र पोषण कोसेली बापत आर्थिक सहयोग गरिएको नगर प्रमुख पुनले जानकारी दिएका छन् ।

पिडित प्रभास घर्तीलाई गत जेठ ३ गते प्रदेश अस्पताल सुर्खेतमा क्षयरोग पुष्टि भएको र थप उपचारकालागि काठमाडौ रिफर गरिएको थियो । हाल उपचार पछि घर्तीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here