भेरीगंगा, जेठ १- गुर्भाकोट नगरपालिकाकोे चार वटा वडाको परिणाम सार्वजनिक भएकोमा २ वडा कांग्रेस र २ वडामा नेकपा एमाले विजयी भएको छ ।
गुर्भाकोट वडा नम्बर १ र १४ मा एमाले र वडा नम्बर २ र १३ मा नेपाली कांग्रेसका वडाअध्यक्षहरु विजयी भएका छन् । गुर्भाकोट २ मा नेपाली कांग्रेसबाट उम्मेदवार नोखबहादुर वली र वडा नम्बर १३ मा मधु गरुङ वडा अध्यक्षमा विजयी भएका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्षमा गुर्भाकोट १ बाट रामबहादुर शाही र गुर्भाकोट १४ बाट चन्द्रबहादुर घर्ती रहेका छन् ।
गुर्भाकोटमा पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका मेयर र उपमेयर उम्मेदवार अगाडी रहेका छन् ।
Facebook Comments