गुर्भाकोट, बैशाख १२- गुर्भाकोट नगरपलिकाको निर्वतमान उपप्रमुख मैना विकलाई नेपाली काग्रेसले पुन उपमेयरमा उम्मेदवारी सिफारिस गरेको छ ।
यसअघि नेपाली काँग्रेसबाट पहिलो स्थानीय तह निर्वाचनमा उमपेयर भैईसक्नु भएकी विकलाई पुन दोस्रो कार्यकालका लागि उपमेयरमा सिफारिस गरिएको हो । गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा पुरानै उम्मेदवारी दोहोर्याएको छ । आज नै नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटिले विकलाई उपमेयरमा उम्मेदवारी उठाएको हो ।
यसैबिच हिजो नै उपप्रमुख विकले पदबाट राजिनामा दिदै नगरपालिकाका लिएको सुविधा स्कुटी र १ थान कम्प्युटर जेन्सी शाखा प्रमुख गोबिन्द रानालाई फिर्ता गर्नुभएको छ ।
Facebook Comments