गुर्भाकोटस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न

0
401

दिपेन्द्र पंगाली, जेठ ३०- उद्योग वाणिज्य संघ उपशाखा भेरीको आयोजनामा  गुर्भाकोटका व्यापारीका लागि आयोजित  लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ।   गुर्भाकोट नगर पालिकाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका वडा न ८ मा आयोजित सात दिने लेखा ब्यस्थापन तालिम समापन भएको हो।                        उत कार्यक्रममा प्रमुख अतिथिको रुपमा गुर्भाकोट नपा कि उपमेयर मैना, बिक विशेष अतिथी गुर्भाकोट नगरका प्रमुख प्रशासखिय अधिकृत देव किरण बुढा, उद्योग वाणिज्य संघका अध्यक्ष याम लाल पङगाली अध्यक्षतामा भएको हो।  अन्य अतिथीहरु तथा सहभागीहरुको उपस्थितिमा कार्यक्रम समापन भएको छ ।  समपान कार्यक्रमको अन्तमा उद्योग वाणिज्य संघ भेरिका अध्यक्ष याम लाल पङगालीले यो कार्यक्रम गुर्भाकोट नगर पालिकाको लागि अत्यावश्यक रहेको र यस कार्यक्रमबाट गुर्भाकोट नगरपालीका ब्यपारीहरुले लेखा ब्यस्थापन गर्न सक्ने बताउनुभयो ।  तालिमलाई फेरि अर्को आर्थिक वर्ष मा पुनः ताजगी गर्नेको लागि आवश्यक पहल गर्ने छ उहाको भनाइ थियोे ।  गुर्भाकोट नगरपालिका का ब्यपारीहरुलाइ आफ्नो कार्यकालमा ब्यपारीको हक हितको लागि काम गर्ने छु भन्ने बाचा गरेको थिए र त्यो बाचा पनि पूरा गरे भनी आफ्नो भनाइ राखी समापान कार्यक्रम समापन भएको को जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा गुर्भाकोट नगरपालिका कि उपमयर मैना बि कले ३० जाना सहभागीहरुलाइ झोला , स्टेसनरी सामाग्री साथै प्रमाणपत्र बित्रण गरिएको जानकारी दिपेन्द्र पङगालीले बताउनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here