दिलिप ढकाल,गुर्भाकोट, भदौ २२ – गुर्भाकोट नगरपालिकामा स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। मंगलबार गुर्भाकोट नगरपालिकामा पालिका स्तरिय स्वास्थ्य कार्यक्रम (२०७८/२०७९) बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
यहि भदौ २० गते सुरु भएको बार्षिक समिक्षा गोष्ठी २१ गते सम्म चलेको थियो । बार्षिक समिक्षा कार्यक्रममा गुर्भाकोट नगरपालिका भरिमा तिन वटा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रलाई उत्कृष्ट् घोषणा गरिएको छ । प्रगति विवरणलाई आधार मानि स्वास्थ्य चौकी तर्फ एक,आधारभूत स्वास्थ्य केन्द्र तर्फ एक र स्वास्थ्य केन्द्र तर्फ एक गरि तिन वटा स्वास्थ्य केन्द्रलाई उत्कृष्ठ छनोट गरिएको जनाइएको छ। नगरपालिका भित्रका ६ वटा स्वास्थ्य चौकी मध्ये गुमी स्वास्थ्य चौकी ,७ वटा आधारभूत स्वास्थ्य केन्द्र तर्फ बोटेचौर आधारभूत स्वास्थ्य केन्द्र र ५ वटा सहरी स्वास्थ्य केन्द्र तर्फ आपगैरा सहरी स्वास्थ्य केन्द्र उत्कृष्ठ को रुपमा छनोटमा परेको गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले जानकारी दिनु भयो।
गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा उद्घाटन भएकोउक्त कार्यक्रमलाई गुर्भाकोट नगरपालिकाको आयोजना गरेको थियो भने सामाजिक बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाशुदेव शर्मालवले कार्यक्रमको समापन गर्नु भएको थियो। बार्षिक समिक्षा गोष्ठी कार्यक्रममा गुर्भाकोट नगरपालिका भित्रका स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका प्रमुख वा प्रतिनिधिहरुले बार्षिक रुपमा स्वास्थ्य सस्थामा भए गरेका काम वा प्रगति विवरण प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको संचालन अनन्त खत्रीले गर्नु भएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,स्वास्थ्य संग सम्बन्धित बिभिन्न शाखामा कार्यरत कर्मचारीहरु ल्गायतका सहभागिता रहेको थियो।