गुर्भाकोटमा साँढे २३ हजारले मतदान गरे

0
506

दिलिप ढकाल, बैशाख ३१- पुर्बी सुर्खेतको गुर्भाकोटमा पनि शान्तिपूर्ण एवं उत्साह पुर्बक मतदान सम्पन्न भएको छ । बिहान समयमै सुरु भएको मतदान प्रक्रिया साझ करिब ६ बजे तिर सम्पन्न भएको हो ।


हावा हुरि र पानी का कारण दिउँसो करिब १ घण्टा जति मतदान प्रक्रिया रोकिय पनि पानी कम भए पछि पुनः मतदान प्रक्रिया सुरु भएको थियो । गुर्भाकोटमा जम्मा ३३,८२९ जना मतादा रहेका थिए । जसमा २३,६९१ जनाले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गरेका थिए भने १०,१३८ जना मतदान प्रक्रियामा सहभागी भएनन् । मतदान प्रक्रियामा सहभागी मध्ये १०,३०४ जना पुरुष र १३,३८७ जना महिला रहेका छन् ।

सबै वडाको मत पेटिका प्राप्त भैसकेको र सर्बदलिय बैठक बसी अहिले बिहान १० बजेपछि मत गणना सुरु हुने गुर्भाकोट नगरपालिका कि निर्बाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here