हुमबहादुर कार्की, सुर्खेत- गुर्भाकोट नगरपालिका वडा न: २ मा हर प्रहर गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय-प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

प्रहरी चौकी मालारानी र गुर्भाकोट वडा नम्बर २ को संयुक्त आयोजनामा गैरिबजार मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी सहायक हवल्दार ओम प्रकाश खड्काले सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना अनुरुप प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए। अपराधको प्रवृत्ति बढ्दो क्रम लाई अन्त्य गर्न तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे । यसैगरी प्रहरी जवान गणेशमान खड्काले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले समाजमा दिगो शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उक्त्त कार्यक्रम सन्चालन ले गाउँ मा हुने गरेका बिकृती चोरी डकैती लगायत अपराधजन्य कार्य नियन्त्रण सङ्गै नेपाल प्रहरी र समुदाय बिच राम्रो सम्बन्ध हुने स्थानियहरु को बिश्वास रहेको बताए ! कार्यक्रममा विभिन्न स्थानीय निकायका पदाधिकारीहरु, समाजसेवीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो
Facebook Comments