दिलिप ढकाल , सुर्खेत फागुन २१- पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकामा संचालन भएको एक दिने बृहत आखा शिविरमा १५३ जनाले सेवा लिएका छन्। त्यतै ६० जनाको मोतिबिन्दुको सफल उपचार गरिएको थियो भने सुगर र प्रेसरको कारणले दृस्टीपर्दा कम भएका ७ जना बिरामीको बिशेषज्ञ डाक्टर द्वारा सफल उपचार गरिएको सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिनु भयो ।
अन्य बिरामी लाई बिशेषज्ञ डाक्टर चेक जाच गरि औषधि तथा चस्मा वितरण गरिएको थियो। यहि फागुन २० गते सम्पन्न भएको बृहत आखा शिविर बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म संचालन भएको थियो। नेपाल नेत्र ज्योती संघ, एकीकृत आखा तथा कान उपचार कार्यक्रम सुर्खेतको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आखा अस्पताल बिरेन्द्रनगर सुर्खेत र सामुदायिक आखा उपचार केन्द्र मेहेलाकुनाको प्राबिधिक सहयोगमा बृहत आखा शिविर संचालन भएको थियो। सामुदायिक अखा उपचार केन्द्र (सर्जिकल सेन्टर )मेहेलकुना सुर्खेतको आयोजनामा शिविर संचालन हुन लागेको हो।
बृहत आखा शिविर संचालन भएको स्थान सामुदायिक अखा उपचार केन्द्र (सर्जिकल सेन्टर ) मेहेलकुनामा नेपालि कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,गुर्भाकोट नगरपालिकाक नगरप्रमुख हस्तापुन उप प्रम,उख मैना बिक लगाएतको उपस्थिति रहेको थियो।