हुमबहादुर कार्की, जेठ १० -गुर्भाकोट नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई वित्तीय शुसासन कायम गर्ने, वित्तीय क्षमता विकास गर्दै छरिएर रहेको पूँजी, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र सदस्यहरुको आर्थिक उन्नती गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यक्रम समापनका सभाध्यक्ष नगरपालिका प्रशासन प्रमुख तथा सहकारी शाखाका प्रमुख चित्र बहादुर ढकालले बताए ।


त्यस्तै, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्देश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम प्रदान गरिएको प्रमुख अतिथी नगर उप प्रमुख मैना बिकले बताईन । जेष्ठ ५ गतेबाट शुरु भएको तालिमको मंगलबार समापन गरिएको हो । तालिममा सहकारी प्रशिक्षण का रुपमा लेखा परिक्षण तथा कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रका अधिकृत बेत प्रसाद सुबेदि र पुर्ब नगर सहकारी शाखाका प्रमुख ओम प्रसाद चपाईले सहजीकरण गरेका थिए । तालिममा नगरभित्रका २६ वटा सहकारीका कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो ।


तालिममा सहकारी संस्थाका लागि लेखा सम्बन्धि सहकारीका आर्थिक कारोबार लाई चार खातामा पोस्टिङ्ग, एकीकृत आर्थिक संकेत तथा वर्गिकरण र ब्याख्या सम्बन्धी प्रशिक्षण दिइएको थियो भने सहभागी प्रशिक्षण मध्य बालकुमारी रोका र हरि बहादुर वलिले तालिम बारे भनाई प्रस्तुत गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here