गुर्भाकोटमा जनप्रतिनिधिलाई शपथ ग्रहण सम्पन्न

0
385

दिपिल ढकाल, गुर्भाकोट जेठ –९ – पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा सोमबार (आज ) एक समारोहका विच नबनिर्बाचित पदाधिकारीहरुलाई सपथ ग्रहण र पुर्बपदाधिकारीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गुर्भाकोटको सिटि हलमा सम्पन्न उक्त समारोहको अध्यक्षता गुर्भाकोटका नबनिर्बाचित मेयर हस्त पुनले गर्नु भएको थियो ।

कार्यक्रममा नगर प्रमुख हस्त पुनले नबनिर्बाचित उप–मेयर मैना बिक, १४ वटै वडाका अध्यक्ष वडाअध्यक्षहरु र सदस्यहरु गरि जम्मा ७१ जनाले सपथ खुवाएका थिए । कार्यक्रममा नब निर्बाचीत् सम्पूर्ण जनाप्रतिनिधिहरुलाई टिका र दोसल्ला लगाई स्वागत गरिएको थियो त्यस्तै १४ ओटै वडाका निबर्तमान जनप्रतिनिधिहरुलाई पनि लाई टिका र दोसल्ला लगाई सम्मान गरिएको थियो । सपथ ग्रहण कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिकिरण बुढाले स्वागत मन्तब्य राख्नु भएको थियो भने गुर्भाकोट नगरपालिकाकी निर्बाचन अधिकृत तुलसा भण्डारीले नबनिर्बाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको सुभकामना दिदै जनताको आबश्यकता अनुसार जनताको मन जित्ने गरि काम गर्न सुभकामना समेत दिनु भएको थियो । त्यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर १४ का निबर्तमान वडाअध्यक्ष शश बहादुर घलेले आफ्नो मन्तब्य राख्दै आफु लाई निर्बाचित गरि पाच बर्षसम्म जनताको सेवा गर्ने सुनौलो अबसर दिएकोमा सबै मतदाता लाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । साथै ५ वर्षमा आफुले बिकाश निर्माणका धेरै कामको सुरुवात गरेको भन्दै निर्बाचित भएर आएका जनप्रतिनिधिले ति कामलाइ प्राथामिकतामा राखेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख हस्त पुनले आफुले पाच बर्षे कार्यकालमा बिकाश निर्माणको धेरै कामको जग बसालेको भन्दै ति कामहरुलाइ सम्पन्न गर्नको लागि जनताको माझमा मत माग्न गएको र जनताले आफ्नो अमुल्य मत दिएर पूणः५ बर्षे कार्यकालको लागि निर्बाचित गराएको मा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

आफु निर्बाचित भयपछि अब कुनै दलको नभयर समग्र गुर्भाकोटका जनाको अभिभाबक भएको भन्दै समग्र गुर्भाकोटका जनताको हितको लागि काम गर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार,गुर्भाकोट नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here