गुर्भाकोटमा एमालेको घरदैलो कार्यक्रम तीब्र

0
147

अम्मर राजवंशी, कार्तिक २६ -नेकपा एमाले गुर्भाकोट नगरपालिका वडा न ४ को आयोजनामा आईतबार जुठेदमारमा भएको वडा स्तरिय चुनाबी सभा कार्यक्रम सम्पन्न भएको छ । चुनाव नजिकीसंगै नेकपा एमाले गुर्भाकोट घरदैलो कार्यक्रम तीब्र परेको छ ।


उक्त चुनावी सभा कार्यक्रममा नेपाली कांग्रेस र माओवादीका करिब ८ घरदुरीले नेकपा एमाले पार्टीमा प्रबेस गर्नुभएको थियो । नबप्रबेसी सम्पुर्ण हरुलाइ प्रतिनिधि सभा सद्स्य सुर्खेत क्षेत्र न १ का उमेदवार धुर्ब कुमार साही र प्रदेस सभा क का उमेदवार ठम्मर बहादुर बिष्ट् ज्युले स्वागत तथा सम्पन गर्नु भएको थियो । प्रदेश सभा सदस्य पदका उमेदवार ठम्मर बिष्टले आफुहरुको जित सुनेक्षित रहेको बताए ।

प्रतिनिधि सभा पदका उमेदवार धुर्ब कुमार शाहीले सुर्खेत क्षेत्र न.१ को बिकासका लागि नेकपा एमालेले जित्नै पर्ने रहेको र कतैपनि नअक्मै सुर्य चिन्नमा मतदान गर्न आम जनसमुदायलाई आग्रह गर्नु भएको थियो । चुनावी सभा थुप्रै नेता कार्यकर्ता आम जनसमुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here