गुर्भाकोट, बैशाख ४ -ईलाका प्रशासन कार्यालय गुर्भाकोटको मेहलकुनामा स्थापना गर्ने तयारी भएसंगै आज प्रमुख जिल्ला अधिकारी र पुर्वी सुर्खेतका पालिका प्रमुखहरुको छलफल सम्पन्न भएको छ ।
गुर्भाकोट ७ स्थित गोकुलपुरमा स्थापना भएको ईलाका प्रशासन कार्यालय संचालनको गुर्भाकोटका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, भेरीगंगा नगर प्रमु्ख यज्ञप्रसाद ढकाल, लेकवेशी नगर प्रमुख उमेशकुमार पौडेल र सिम्ता गाउँपालिका अध्यक्ष यनबहादुर चन्दको उपस्थितीमा छलफल भएको हो । गुर्भाकोट ७ मा ईलाका प्रशासन बस्ने निर्णयसंगै घरभाडा, कर्मचारी नियुक्ति भैईसकेकोले व्यवस्थापनका विषयमा छलफल भएको गुर्भाकोटका मेयर पुनले बताउनुभयो । प्रशासन संचालनका लागि जिल्ला प्रशमासनले अहिले काजमा कर्मचारी खटाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि पूर्वी सुर्खेतका बासिन्दालाई सहज होस भन्नका लागि ईलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो । प्रशासनबाट नागरिकता, राहदानी, राष्टिय परिचयपत्र, सिफारिस जस्ता कार्य संचालन हुने छन् ।