गुर्भाकोटबासीलाई विद्युत बिल तिर्न भेरीगंगा आउनुपर्ने बाध्यता

0
615

भेरीगंगा, जेठ १३- नेपाल विद्युत प्राधिकरणले नजिकै महशुल काउण्टर व्यवस्थापन नगर्दा गुर्भाकोटकबासीले दुख पाउँदै आएका छन् । मासिक हजारौ रकम अटो र गाडीमा तिरेर भेरीगंगा नगरमा विद्युत बिल तिर्नुपर्ने बाध्यता रहेको हो ।
विद्युत महशुल तिर्न गुर्भाकोटबाट भेरीगंगाको जहरेमा आउनुपर्ने हुँदा गुर्भाकोटबासीका लागि समस्या बनेको हो ।

गुर्भाकोटका साविक धारापानी, मालारानी, साहरे, घुमखहरे, मेहेलकुना र दहचौर गाविसका जनताहरू न्यूनतम विद्युत महसुल जहरे बजार आउनुपर्ने बाध्यता रहेको छ । नगरका १४ वटै वडाबासी मासिक विद्युत बिल तिर्न जहरेबजार आउनु परेको हो । हरेक महिना २०० देखि ५०० रुपैयाँ सम्म भाडा तिरेर जहरे विद्युत बिल महशुल तिर्न आउनुपर्ने अवस्था रहेको गुर्भाकोट ३ का किरण खड्काले बताउनुभयो । मासिक एक व्यक्तिको आवतजावत गरेर एक हजारसम्म पैसा र एक दिन लाग्ने गरेको खड्काले भन्नुभयो ।

गुर्भाकोटबासीले लामो समयदेखि मेहेलकुना वा बोटेचौर बजारमा विद्युत महसुल काउन्टरको व्यवस्था गर्न जिल्ला विद्युत प्राधिकरणमा अनुरोध गर्दै आएका छन् । गुर्भाकोटमा विद्युत महशुल काउण्टर राख्न सके आसपासका पालिकालाई पनि सहज हुने देखिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here