हुमबहादुर कार्की, बैशाख १- नँया बर्षको अवसर आजबाट गुर्भाकोटको मेहेलकुनामा चन्द्रस्मृति कप २०८० खुल्ला प्रतियोगिता सूरु भएको छ । प्रतियोगिताको आज कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।
खेल उद्घाटनमा सुर्खेत क्षेत्र नम्बर १ क का प्रदेश सांसद खड्कबहादुर पोखरेल, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, उपमेयर मैना विक, १४ वटै वडाका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो । आज पहिलो दिन उद्घाटन भएको र भोलि विहान ८ बजेदेखि खेलहरु सूरु हुने भएका छन् । भोलि विहान फुटबल भोलिबाट खेल सूरु हुने आयोजकले बताएको छ । गुर्भाकोट ८ स्थित सुर्यज्योति मावि मैदानमा सूरु प्रतियोगिता अन्तर्गत फुटबल, नृत्य, वक्तृत्वकला लगायतका खेलकुद संचालन हुने आयोजक सृजनशील युवा क्लव गुर्भाकोटका अध्यक्ष राजेश पुनले बताउनुभयो ।
प्रतियोगिता भोलि बैशाख १ देखि ९ गतेसम्म संचालन हुने छ । प्रतियोगिात अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।