गुर्भाकोटको मालारानी र धारापानीमा मोबाईल नेटवर्क समस्या

0
298

हुमबहादुर कार्की, चैत २७- गुर्भाकोट नगरपालिका साबिक मालारानी सहारे र धारापानी गाबिसमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । प्रभावकारी रुपमा सेवा दिन नसक्दा यहाँका नागरिक अधिकांस समय सञ्चार बिहीन हुने गरेका छन् ।

मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र छैन, यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत समस्या परेको छ । गुर्भाकोट को १,२,३,४ र ५ पर्ने वडाका टोलभित्रका स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको गतिलो पहुँच छैन । यहाँ बर्षात समय होस या बिहान साझ राती झरी बादल धेरै गर्मीलगायत हावाहुरी लाग्दा समेत इमर्जेन्सी फोनका लागि कल गर्नु परेमा “ माफ गर्नु होला तपाईं डायल गर्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही समय पछि पुनः सम्पर्क गर्नु होला “ भन्ने आवाज यहाँका सेवाग्राहीले पटकपटक यो आवाज सुन्दा दिक्क भएका छन । टेलिकमले नियमित टावर र बीटीएसको मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्ने लगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयहरुले गुनासो जनाएका छन । टेलिफोन र इन्टरनेट र वैद्युतकै कारण यहाँका सेवाग्राहीले सरकारी तथा निजि सेवा लिन सास्ती व्यहोर्नु परेको छ । यहाँ आवश्यकता अनुसार टावर क्षमता तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।

गुर्भाकोट वडा न १ गोठेरीमा रहेको नेपाल टेलिकमको टावरको बिगत २ बर्ष पहिले नै विद्युत लाइनसहिको टावर बन्ने भएको ठेक्का प्रणाली अघि बढेता पनि हालसम्म सोलार बाटै सन्चालन हुँदै आएको हुँदा सोलार ब्याट्रीको ब्याकअप कमिका कारण साझदेखि बिहान यस क्षेत्रमा कुनै पनि ईन्टरनेट सेवा भरपर्दो हुन सकेको छैन । फोन कलको समस्यासंगै थ्रीजीको पहुच त झनै प्रयोगमा नै ठूलो समस्या परेको छ । यहाँको नेटवर्कबारे स्थानीयले सम्बन्धित निकायलाई जति जानकारी दिएता पनि कुनैपनि सुनुवाइ नभएपछि निर्बाचित जनप्रतिनिधिलाई सामाजिक संजालमार्फत यसबारे चासो दिन गुनासो पोख्दै लेख्ने गरेको पाइएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here