गुर्भाकोटको भूमि सम्बन्धित छलफल सम्पन्न

0
410

गुर्भाकोट, जेठ २१ -गुर्भाकोट नगरपालिकास्तरीय भुमि समस्या समाधान सम्बन्धि छलफल सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतको आयोजनामा गुर्भाकोट नगरस्तरीय भूमि सम्बन्धि छलफल सम्पन्न भएको हो ।

कार्यक्रममा गुर्भाकोटको कोटमाझखर्क जग्गाको लालपुर्जा वितरण र अव्यवस्थित सुकुमबासीलाई लालपुर्जा वितरणमा छलफल भएको गुर्भाकोटका नगर प्रमुख हस्त पुनले बताउनुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले लालपुर्जा वितरण र तयारी थप कार्यप्रक्रिया अगाडि बढाउने प्रयोजनार्थ छलफल एको हो । नगरप्रमुख हस्त पुनको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

सो बैठकमा नगर उपप्रमुख, राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतको सम्पूर्ण टिम, नगरका क्रियाशील राजनैतिक दलहरुका प्रतिनिधिहरु, १४ वटै वडाअध्यक्षहरु,कार्यापालिका सदस्यहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here