गुर्भाकोटको बोटेचौरमा एक साता माघी मेला लाग्ने

0
83

अम्मर राजवंशी, पुष २२ -स्थानीय कला र सस्कृतिकको शान गुर्भाकोटको पहिचान भन्ने मुल उदेश्यका साथ सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नमबर ९ बोटेचौरमा यही माघ १ गते देखी ७ गतेसम्म एैतिहासिक माघी मेला सन्चालन हुने भएको छ । मेला एक साता लामो हुने मेला संचालन समितिका अध्यक्ष नवीन सुनारले जानकारी दिनु भएको छ ।


यसअघि दुई पटक कोरोनाका कारण स्थगित भएको मेला यस पटक लाग्ने भएको हो । मेलाको विशेष आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । यस्तै वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, डोरी तान्ने खेल साथै विभिन्न किसिमका ब्यापारीक स्टल, पिङ, गेम आदि मुख्य आकर्षण रहेको आयोजक ले जनाएको छ । यो मेलाको आयोजक बजार ब्यबस्थापन समिति बोटेचौरले गरेको छ । सहआयोजक वडा नम्बर को वडा कार्यलय रहेको छ ।

यो मेला हेर्ने सुर्खेतसहित आसपासका जिल्लाहरुबाट मेला हेर्न आएको पाइन्छ । यो बर्षको माघी मेलामा ५० हजार बढीले अवालेकन गर्ने बताएको छ । मेलाको तयारी सूरु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here