गुर्भाकोटका व्यापारीका लागि लेखा तालिम आयोजना

0
426

दिपेन्द्र पंगाली, जेठ २४- गुर्भाकोट नगरपालिकाका उद्योगी व्यापारीका लागि लेखा व्यवस्थापन तालिम सुरु भएको छ । उद्योग वाणिज्य संघ उपशाखा भेरीको आयोजना र गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा लेखा व्यवस्थापन तालिम संचालन भएको हो ।

गुर्भाकोट नगरपालिका ८ स्थित मेहेलकुनामा नगरका व्यापारीका लागि सात दिने लेखा ब्यस्थापन तालिम संचालन गरिएको हो । सोमबार एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि तथा गुर्भाकोट नगरकी उपमेयर मैना विकले कार्यक्रम उद्घाटन गर्नुभयो । कार्य विशेष अतिथीमा गुर्भाकोट नगरका प्रमुख प्रशासखिय अधिकृत देवकिरण बुढा र उद्योग वाणिज्य संघका अध्यक्ष यामलाल पङगाली अध्यक्षतामा तालिम सूरु भएको हो । तालिम उद्घाटन गर्दै उपमेयर विकले व्यापारीका लागि लेखा व्यवस्थापन तालिम अनिवार्य र अति आवश्यक रहेको बताउनुभयो । व्यापारीलाई लेखा जानकारी नहुँदा करसम्बन्धित समस्या आउने हुँदा बर्षनी यस्ता तालिम, कार्यक्रम जरुरी रहेको उहाँको भनाई थियो ।

तालिम उद्घाटनमा उद्योग वाणिज्य संघ भेरिका अध्यक्ष यामलाल पङगालीले यो कार्यक्रम गुर्भाकोट नगर पालिकाको लागि अत्यावश्यक रहेको र गुर्भाकोट नगरपालिकाका ब्पारीहरुले लेखा ब्यस्थापन गर्न सक्ने छ भन्ने आशा रहेको बताउनुभयो । अन्य समयमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई रहेको थियो । सात दिनसम्म संचालन हुने तालिममा गुर्भाकोट नगरका १४ वडाका व्यापारीहरुको सहभागीता रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here