हुम बहादुर कार्की, सुर्खेत- गुर्भाकोट नगरपालिका भित्र १४ वटै वडामा गाई तथा गोरुहरुमा लम्पीस्किन रोगको लक्षण जस्तै संक्रमण फैलिएको हो l अज्ञात रोग फैलिए सङ्गै नगरपालिकाले परिक्षण का लागि काठमाडौ पठाइए को हो l
विरामी गाईगोरुहरुमा छालामा फोका देखिने घाटीको माला सुनिने नाईटो मुनिको भागहरु सुनिने १०५ डिग्री भन्दा बढी जोरो आउने श्वासप्रश्वासमा समस्या हुने नाक मुखबाट पिप जस्तो बाक्लो सिगान बग्ने ज्वरो आउने अन्डकोष घाँटी सुनिने लक्षण देखिएको हुदा विभिन्न वडा टोल गाउँबाट फोन आइरहेको छ . हाल फोनमार्फत नै किसानहरु लाई सल्लाह दिइएको गुर्भाकोट नगर पशु शाखा प्रमुख ओमप्रकाश वलिले बताउनु भयो। बिरामी भएका गाइगोरु लाई बधुवा गरि अलग्गै बाध्न सुझाव समेत दिनु भयो l
लम्पीस्किन रोग जस्तै लक्षण देखा परेता पनि रोग पुष्टि हुन सकेको छैन l परिक्षणका लागि काठमाडौ पठाएको हुदा केही दिनमा रिपोर्ट आएपछि उपचारतर्फ नगरपालिका खटिने बताउनु भयो l फैलिदो रोगले गाईगोरुहरु विरामी हुदा किसानहरु चिन्तित भएका छन l