केशव महतरा बचाऔ अभियानमा सिडिसी नेपाल

0
594

भेरीगंगा, जेठ २३- भेरीगंगा ६ निवासी केशव महतरा बचाऔं अभियानमा भेरीगंगा ७ स्थित समुदायिक विकास केन्द्र सिडिसी नेपालले आर्थिक सहयोग संकलन सुरु गरेको छ । एक महिनादेखि मुटुमा गम्भिर समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका महतरा बचार्औ अभियानमा सिडिसी नेपालले सहयोग सुरु गरेको हो ।

सस्थाको आर्थिक सहयोग अपिलसंगै दैनिक मनकारी व्यक्तिबाट आर्थिक संकलन भैईरहेको सिडिसी नेपालका अध्यक्ष मानबहादुर बस्यालले बताउनुभयो । वैदेशिक रोजगारीको शिलशिलामामा लामो समयदेखि मलेशिया रहनु भएका भेरीगंगा ६ किच निवासी महताको अहिले शहिद गङ्गालाल हृदयरोग केन्द्र काठमाडौमा उपचार भैईरहेको छ । एक सातादेखि जारी सहयोग संकलनबाट एक लाख बढी रकम संकलन भएको सस्थाका अध्यक्ष बस्यालले जानकारी दिनुभयो । रोजगारीमा रहेकै अबस्थामा एक्कासि बिरामीभइ मुटुमा गम्भिर समस्या देखिएको र मलेशियामै उपचार गर्न आर्थिक हैसियतले नभ्याए पछि महतरा नेपाल फर्किए काठमाण्डौमा उपचार भैईरहेको छ ।

एक महिनाअघि काठमाडौ आइपुग्नु भएका महतराको अहिले शहिद गङ्गालाल हृदयरोग केन्द्र काठमाडौमा उपचार जारी छ । थप उपचारका लागि आर्थिक समस्या भएकोले उहाँको जीवन रक्षाकोलागी सक्दो आर्थिक सहयोग गरिदिन सिडिसी नेपालले अपिल समेत गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here