मालारानी चेतना महिला सहकारीको साधारण सभा सम्पन्न

0
230

हुम बहादुर कार्की -गुर्भाकोट मंसिर२५- ” गुर्भाकोट नगर पालिका वडा न. २ मा रहेको चेतना महिला सानाकिसान कृषि सहकारी सस्था लि. को १० औ साधारण सभा सम्पन्न भएको छ । गुर्भाकोट नगर पालिका वडा न. २ का वडा सदस्य सुरेन्द्र प्रसाद ढकालको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।  सभामा सस्थाका उपाध्यक्ष मीनकुमारी कामी तथा लेखा सुपरिवेक्षण संयोजन यसोधा थापाको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक पर्तिबेदन प्रस्तुत अनुसार सस्थाको कुल लगानी ३ करोड ४६ लाख २६ हजार ९ सय २२,कुल सावा असुली रु. २ करोड ८४ लाख ६ हजार ५ सय १२, ब्याज असुली रु. ७१ लाख ९० हजार १ सय २५ रुपैया ५० पैसा, सदस्य रिण लगानी ४ करोड १५ लाख ३ सय ५२, सेयर पुजि ६४ लाख ७८ हजार २ सय, कुल कारोबार ४ करोड ७१ लाख २२ हजार ४ सय ९६, कुल नाफा २० लाख ७ हजार ६ सय ४१, कुल आम्दानी रु. ८५ लाख ३२ हजार ६ सय ९ र सदस्य का लागि बार्षिक रिण ४१ लाख ५ सय ३५ गरि यस बर्ष कुल खर्च रु. ६५ लाख २४ हजार ९ सय ६८ रहेको सभा मा जानकारी दिएका छन् ।
सभामा स्वागत मनतब्य सन्चालक सदस्य हुमकुमारी शाहिले गर्नु भएको थियो भने अतिथी साना किसान सहकारी सस्था उत्तरगङा का प्रबन्धक चित्र बहादुर रेग्मी,साना किसान सहकारी लेखफर्साका प्रबन्धक प्रेम प्रसाद ढकाल, छेडा सानाकिसान सहकारी का प्रबन्धक दुर्ग प्रसाद भन्डारी, मेहलकुना प्रबन्धक झरना घर्ती , सहारे सानाकिसान सहकारी का अध्यक्ष पुस्पा डिसि, मैनतडा साना किसान सहकारीका सदस्यीय भुमिसरा डिसि र मालारानी सानाकिसान सहकारी सस्थाका सल्लाहकार माया गाहाले सुभ कामना मनतब्य ब्यक्त्त गर्नु भएको थियो । सस्थाका प्रबन्धक मोहन हमालले आगामी आर्थिक बर्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्था कि सह प्रबन्धक हिमा भट्टराईले सस्थाको प्रगती बिबरण प्रस्तुत गर्नु भएको थियो !
यसै गरि नेपालमा कृषि क्रान्ती को रुपान्तरण ,हरेक किसान को घरमा साना किसान,महिला आत्मानिर्भरका लागि उर्जाशिल ब्यबसायमा साना किसान बैक तथा सानाकिसान सहकारी अनिबार्य रहेको बिशिस्ट अतिथी तथा सानाकिसान सहाकारी सस्था इकाइ समितीका प्रबन्धक राजेन्द्र भन्डारी ले बताउनु भएको छ । सोही सभाका बिशिस्ट अतिथी तथा कर्णाली प्रदेस सानाकिसान सहकारीका संयोजक सेर बहादुर परियारका अनुसार सहकारी आत्मबिस्वास,आत्मनिर्भर , प्रजातान्त्रिक अभ्यास, शिक्षा चेतनाको बिकास र आर्थिक सास्कृतिक र सामाजिकको रुपान्तरण हो बन्दै व्याख्या गर्नु भएको छ ।


सस्थाका अध्यक्ष मङली पुनको अध्यक्ष्ातामा कार्यक्रम सप्पन्न भएको थियो भने कार्यक्रम संचालक सस्थाका प्रमुख प्रबन्धक मोहन हमालले गर्नु भएको थियो । यसै गरि सधारण सभामा सेयर सदस्यको उपस्थिति संख्या २८६ जना रहेको थियो । साथै साधारण सभाको समापन पछि सन्चालक समितीको नया समिती गठन भएको थियो जसमध्ये अध्यक्षमा मङली पुन,उपाध्यक्षमा मीन कुमारी कामी,कोषाध्यक्षमा शान्ती बुढा, सदस्यमा हुम कुमारी साही,आत्मा कुमारी कडेल,जनक कुमारी थापा,नन्द कलि थापा र पबित्रा न्युपाने गरि ११ जना सदस्यीय चयन भएको छन्।  उक्त्त नब समिती लाई सहकारीको नियमानुसार प्रमुख अतिथी सुरेन्द्र प्रसाद ढकालले सफथ ग्रहण गराउनु भएको थियो भने सस्थाले बृद्द सद्स्य,असल रिणि सदस्य,सस्थाप्रती सहयोगी,बाल बचत र कृषि पालन ब्यबसाय गर्ने मध्ये ५ दर्जन सदस्यलाई सम्मान पुरस्कार बितरण गरेको थियो ।

यश सहकारीमाहालसम्म सहाकारीको सेयर सदस्य संख्या ६८५ र समूह १३४ रहेको प्रबन्धक मोहन हमाल ले बताउनु भएको छ । साथै आगामी आर्थिक बर्षका लागि अन्तर सस्थान भरमण,गोस्ठी,पशु बिमा,सदस्यीय तालिम,कर्जा नीति , सेयर नीति ,बचत नीति,शुल्क नीति,सुत्केरी पोसण , जग्गा खरीद र भबन निर्माणको प्रतिबेदन पनि सस्था का प्रबन्धक मोहन हमालले बताउनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here