हुमबहादुर कार्की, गुर्भाकोट , पुस१० – गुर्भाकोट नगरपालिका वडा न. २ स्थित हरियाली कृषि बजार सहकारी सस्थाको समन्वयमा पशुपन्छी बिकास निर्देशनालय कर्णाली प्रदेस सुर्खेतको अनुदानमा सस्थाका कृषकलाई सहलगानिमा उन्नत जातका भैंसी बितरण गरेको छ ।

पशुपन्छी बिकास निर्देशनालय कर्णाली प्रदेसको दुग्ध प्रबर्धन कार्यक्रम आ. ब. २०७८/०७९ को बार्षिक कार्यक्रम अनुसार कार्यलयको ४२ लाख बजेट बिनियोजित भै सम्झौता अनुसार कृषकको आयआर्जन र सहकारिमा दुग्ध बिकासको बिस्तार गर्नका लागि सहकारी अघि बढेको सहकारीका अध्यक्ष मोतिप्रसाद चपाइले बताउनु भयो । यसैगरी यस सहकारीले कृषकका लागि विभिन्न अनुदान तथा निशुल्क कार्यक्रम लिइ सहयोग गर्दै आएको सबैमा अबगत गराउदै यस पटक पशुपन्छी बिकास निर्देशनालयको सहयोग र कृषकहरुको सहलगानीमा ४५ वटा उन्नत जातका भैंसी भित्र्याइ कृषकहरुको आयआर्जन वृद्धि गर्ने र सहकारीमा पनि थप दुग्ध बिस्तारका लागि योजनाका साथ कार्य अधि बढेको सहकारी सन्चालक समितीका सचिब नन्दलाल भुसालले बताउनु भयो। साथै निर्देशनालयको नियम अनुसार केसि डेरि तथा भैंसी पालन प्रा लि धनगढी उपमहानगर पालिका कैलालीबाट पहिलो चरणमा १८ माउ भैंसी र १४ बाच्छा गरि ३२ वटा ठाउँमा ल्याइएको र अब अझै दोस्रो चरण मा २७/२८ भैंसी ल्याउन बाकी रहेको समेत बताउनु भएको छ ।


उक्त्त कार्यक्रममा खरिद समिती मा सहकारी सन्चालक समितीका सचिब नन्दलाल भुसाल र अनुगमन समितिमा सहकारीका अध्यक्ष मोति प्रसाद चपाइ रहनुभएको छ ।
हस्तान्तरण कार्यक्रम मा गुर्भाकोट वडा न. २ का वडा अध्यक्ष नोख बहादुर वलि र वडा सदस्य सुरेन्द्र प्रसाद ढकालले गर्नुभएको थियो भने सहकारीको कार्यलाई उच्च सम्मान गर्दै कृषकको आयआर्जन बिस्तारको कामना होस भन्दै अध्यक्ष नोख बहादुर वलिले प्रसंशा गर्नुभएको भएको थियो ।
अब बाकी भैंसी खरिद का लागि दोस्रो चरन को लट आउदो मङलबार जाने सहकारी का प्रमुख ब्यबस्थापक खगेन्द्र भन्डारी ले बताउनु भएको छ !

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here