भेरीगंगा, पुष ३- भेरीगंगा वडा नम्बर ३ मा एक दिने बाख्रापालन सम्बन्धि तालिम आज सम्पन्न भएको छ । तीन दिनसम्म चलेको व्यवसायीक बाख्रापालन सम्बन्निध तालिम आज सम्पन्न भएको हो । कृषि क्षेत्र विकास आयोजना कार्यालयको आर्थिक सहयोग र भेरीगंगा नगर पशुपंक्षी विकास शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।


तीन दिने बाख्रापालन तालिम ३० जना कृषकहरुको सहभागीता रहेको थियो । वडा नम्बर ३ का ६ वटा कृषक समुहका कृषकहरुलाई तालिम अवधिभर बाख्राको खोर सुधार, घाँस विकास, बोका वितरण तालिम प्रदान गरिएको प्रशिक्षक भेरीगंगा नगर पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले जानकारी दिनुभयो । तालिमसंगै यहाँका ६ वटा कृषक समुहका ३० जना कृषकलाई कृषि क्षेत्र विकास आयोजना कार्यालयले ९ देखि १२ लाखसम्म अनुदान समेत प्रदान गरेको छ । कृषि क्षेत्र विकास आयोजनामार्फत भेरीगंगा नगरका १३ वडामा १५ वटा कृषक समुह रहेका छन् ।

सबै समुहमा व्यवसायीक पशुपानका लागि ९ देखि १२ लाख आर्थिक सहयोग गरिएको छ । समुहमार्फत व्यवसायीक पशुपालनका लागि ५० प्रतिशत किसानको लगानी र ५० प्रतिशत कार्यालयको सहयोग रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here