भेरीगंगा, कार्तिक १२- भेरीगंगा नगरपालिकाको पशुपंक्षी विकास शाखाले भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिब डा. किषनलाल भट्टलाई सम्मान गरेको छ । शुक्रबार आज नगरपालिकास्थित पशुपंक्षी विकास शाखामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रेणु आचार्य, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले सम्मान तथा स्वागत गर्नुभयो ।

नँया सचिवका रुपमा कर्णाली प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आउनुभएका डा.भट्टलाई एक कार्यक्रमका बिच नगरका कृषक, जनप्रतिनिधी, कर्मचारीद्धारा स्वागत र सम्मान गरिएको हो । कार्यक्रममा नगरका दर्जनौ पशुपालक कृषकहरुको सहभागीता रहेको थियो । सहभागी पशुपालक कृषकले आफ्ना समस्या र प्रदेश मन्त्रालयबाट गर्नुपर्ने पहलका विषयमा ध्यानकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.भट्टले भेरीगंगा नगरका पशुपालक कृषकले उठाएका समस्या, सवाल र मागलाई बजेटबाट सक्दो सम्बोधान गरिने बताउनुभयो । मन्त्रालयमा प्राप्त बजेटबाट चालू बर्षका कार्यक्रम बनाउने क्रम सूरु भएकोले पशुपक्षी विकास शाखा, नगरकार्यपालिका र कृषकका समस्या समाधान हुने आश्वसन दिनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख आचार्यले भेरीगंगा नगरपालिका कर्णाली प्रदेशमै पशुपालन व्यवसायमा उत्कृष्ट र व्यवसायीक क्षेत्र भएकोले यहाँका कृषकका लागि उत्पादन, बजारीकरण, बिमा र सहुलियत तथा अनुदानका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । भेरीगंगा नगर पशुपक्षी विकास शाखाको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रम नगर उपप्रमुख रेणु ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here