भेरीगंगा जेसिजद्धारा धनुबासमा बाख्रापालन तालिम सम्पन्न

0
337

भेरीगंगा, कार्तिक २७- भेरीगंगा जेसीज बर्ष २०२१ ले “समुदायमा जेसीज २०२१“ अन्तर्गत पाँचौ कार्यक्रम का रुपमा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच भेरीगंगा १ स्थित धनुबासमा व्यावसायिक बाख्रापालन कार्यक्रम तालिम सप्पन्न भएको हो ।

आयोजिक तालिम कार्यक्रम सयोजक जेसी भुपेन्द्र शाहीको सयोजकत्वमा सम्पन्न भयो । कार्यक्रममा भेरिगंगा जेसिज बर्ष २०२१ का महासचिव जेसि नबराज कार्कीको आथित्यता एवंम् भेरिगंगा नगरपालिका कृषि तथा पशुपक्षी विकाश शाखा प्रमुख भोजप्रसाद चपाइको प्रमुख आथित्यतामा सम्पन्न भयो । तालिमको अध्यक्षता जेसिज नमुना गाउँ प्रबर्द्धन समितिका अध्यक्ष मानबहादुर बुढाले गर्नु भयको थियो ।


कार्यक्रममा जेसिज नमुना गाउँ धनुबास का ४५ जना भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो । तालिम तीन दिनसम्म चलेको थियो । कार्यक्रमको सहजीकरण नगर कृषि तथा पशुपंछी विकास शाखा प्रमुख भोजराज चपाइले गर्नु भएको भेरीगंगा जेसीज बर्ष २०२१ का महासचिव जेसी नवराज कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here