भेरीगंगा, कार्तिक २३- भेरीगंगा नगरपालिका कार्यालय छिन्चु सुर्खेतले चालू आर्थिक बर्ष २०७८।२०७९ का लागि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा ११ वटा कृषि तथा पशुपंक्षी सम्बन्धि योजना माग गर्दै ज्ञापन पत्र बुझाएको छ । भेरीगंगा नगरको कृषि विकाश शाखा र पशुपंक्षी विकास शाखा लक्षित गर्दै ११ वटा कार्यक्रम र योजना माग गरिएको हो ।

उक्त मन्त्रालयका सचिव डा. कृषणलाल भट्टलाई ज्ञापन पत्र बुझाउँदै उक्त कार्यक्रम माग भएको हो । माग गरिएका कार्यक्रम र योजनामा भेरीगंगामा पशु बधशाला तथा मिट मार्ट स्थापना, दुग्ध चिस्यान केन्द्र तथा प्रशोधन केन्द्र स्थापना, खसीबोका संकलन केन्द्र स्थापना लगायत रहेको भेरीगंगा नगरपालिका पशुपंक्षी विकास शाखाका पशु स्वास्थ्य अधिकृत भोजप्रसाद चपाईले जानकारी दिनुभयो । ज्ञापनपत्र मार्फत माग गरिएका अन्य योजनाहरुमा प्राईमेरी भेटेरीनरी प्रयोगशाला, स्थानीय कुखुरा विकास फर्म, प्राखीबारा बंगुरपालन तथा प्रजनन केन्द्र, बदेल प्रजनन केन्द्र, तरकारी हाटबजार तथा संकलन केन्द्र स्थापना, तरकारी तथा फलफुल पकेट क्षेत्र, साना सिँचाई र बिउ श्रोत केन्द्र स्थापना माग गरिएको हो ।

नगर प्रमुख भुपेन्द्रबहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, पशु स्वास्थ्य अधिकृत भोजप्रसाद चपाईले उक्त ज्ञापन पत्र बुझाउनु भएको हो । माग गरिएका योजना नगरमा संचालन भए यहाको व्यवसायीक पशु र कृषि विकासमा मद्धत पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here