भेरीगंगा, मंसिर २०- भेरीगंगा नगरपालिकाको दुई स्थानमा कृषि र पशु सेवालाई स्थानीय तहमै सहज पुर्याउन सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको छ । सोमबार भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको आयोजना गर्दै साविक रामघाट र मैनतडामा कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको हो ।

नगरपालिकास्थित कृषि र पशुपंक्षी विकास शाखाले दिने सेवालाई स्थानीय वडासम्म विस्तार गर्न नगरका वडा नम्बर ११ रामघाट र वडा नम्बर ८ मैनतडामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तयारी भएको हो । सोमबार आयोजित कार्यक्रममा कृषि प्रसार केन्द्र स्थापनाको लक्ष्य, उद्देश्य र यसका फाईदाका विषयमा जानकारी गराएको नगर पशुपंक्षी विकास शाखाका प्रमुख भोजप्रसाद चपाईले जानकारी दिनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतको आयोजनामा छलफल कार्यक्रम भएको हो । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालयको सहयोगमा सामुदायिक कृषि प्रसार केन्द्र स्थापना भएका हुन् । अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथी भेरीगंगा नगर पालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरका साविक चाव वटा गाविस मैनतडा, रामघाट, छिन्चु र लेखपराजुलमा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गर्न जरुरी रहेको बताउनुभयो । छलफलबाट कृषि प्रसार सेवा केन्द्र संचालन र व्यवस्थापनका लागि कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेत अध्यक्ष रहने गरि मैनतडामा वेदप्रसाद शर्मा अध्यक्ष र काशीराम शर्मा सहअध्यक्ष रहने गरी ११ सदस्यीय समिति गठन भएको छ । यस्तै रामघाट सेवा केन्द्रमा चन्द्रबहादुर जी.सी.अध्यक्ष र सुदर्शन भण्डारी सहअध्यक्ष रहने गरी ११ सदस्यीय समिति गठन गरिएको छ ।


भेरीगंगा नगर आर्थिक विकास समितिका संयोजक कर्णबहादुर मिजारको अध्यक्षतामा कार्यक्रम भएको हो । रामघाटमा स्थानीय चुनाब जनप्रतिनिधी आएपछि पहिला नै संचालनमा रहेका पशु सेवा केन्द्र र कृषि सेवा केन्द्र बन्द भएको थियो । अव सामुदायिक कृषि प्रसार केन्द्र स्थापनासंगै संचालनमा आउने नगर पशुपंक्षी विकास शाखाका पशुविज्ञ विष्णु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मैनतडामा यसअघि पशु र कृषि सेवा केन्द्र नभएकाले पहिलो पटक सेवा केन्द्र खुल्न लागेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here