भेरीगंगाका कृषकलाई उन्नत जातका फलफूलका विरुवा वितरण

0
126

भेरीगंगा, भदौ १६ । भेरीगंगा नगरपालिकामा उन्नत जातको विरुवा वितरण गरिएको छ । निजामति सेवा दिवसको अवसरमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १८ औं निजामति सेवा दिवसमा कृषकहरूलाइ फलफूल वितरण गरिएको हो ।

भेरीगंगा नगरपालिका-२ सनिमोर रोड करिडोरका किसानहरुलाई उन्नत जातको फलफूलको विरुवा वितरण गरिएको मन्त्रालयले जनाएको छ । कृषकहरूलाई फलफूल खेतीमार्फत आयआर्जन बढाउन र उत्प्रेरणा जगाउनका लागि किसानहरुलाई उन्नत जातका आप, अम्वा र लिचीको विरुवा वितरण गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव आनन्द सारु, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि विकास निर्देशनालयका निर्देशक चित्रवहादुर रोकायले स्थलगत रुपमा किसानहरुलाई भेला गराई फलफूल खेतीको महत्व खेती प्रविधिको वारेमा जानकारीको समेत गराएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here