गुर्भाकोट १३ वडाद्धारा अनुदानमा आलु विउ वितरण

0
323

गुर्भाकोट, असोज १५- गुर्भाकोट नगरपालिका वडा नम्बर १३ शिवनगरले वडामा ५० प्रतिशत अनुदान सहयोगमा उन्नत जातको आलुको विउ वितरण सुरु गरेको छ । वडाको ६० प्रतिशत र कृषकको ५० प्रतिशत लगानीमा वडाले आजबाट आलु विउ वितरण सुरु गरेको हो ।

उन्नत जातको काडिनल आलुको विउ वितरण गरिएको गुर्भाकोट वडा नम्बर १३ का अध्यक्ष मधु गुरुले जानकारी दिनुभयो । वडाको ५ लाख लगानीमा खरिद गरिएको विउ कृषि समुहमा आवद्ध ४०० कृषक र २२ जना कृषि फर्मलाई मागको आधारमा विउ वितरण गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । वडाका १६ कृषक समुह फर्म संचालक गरि ४२२ कृषकले ५० प्रतिशत अनुदानमा आलुको विउ पाएका छन् ।

महिला परिवर्तन साना किसान सहकारी संस्था शिवनगरको समन्वय र वडा कार्यालयको सहयोगमा अनुदान र लगानी गरि १० लाखमा आलुको विउ वितरण भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here