कालीमाटी गाउँपालिकामा पुनः दोहोरिए दानबहादुर र सहनशिलता

0
386

दिलिप ढकाल, जेष्ठ ४- सल्यानको कालिमाटी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेकोतर्फबाट कालिमाटी गाउपालीकाको अध्यक्षमा उमेद्वारी दिएका दानबहादुर खत्री र उपाध्यक्ष पदमा उमेद्वारी दिएकी सहनशीलता वली डिसी दोस्रो कार्यकालका लागि पुनःनिर्बाचित भएका हुन् ।

पालिका अध्यक्ष्यमा दानबहादुर खत्रीले ३७४१ मत प्राप्त गरि बिजयी हुदा उनका प्रस्तिस्प्रधि नेकपा माओबादिका पुरुषोत्तम भट्टराई ले ३१२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट पालिका अध्यक्ष पदमा उमेद्वारि दिएका भरत पुनले २३२९ मत प्राप्त गरेका छन् । त्यस्तै पालिका अध्यक्ष पदका लागि स्वतन्त्र उमेद्वारी दिएका तुलसीप्रसाद केसीले ९ मत प्राप्त गरेका छन् भने राप्रपाका तुलसीराम वली ले २३२ मत प्राप्त गरेका छन् । पालिका उपाध्यक्षमा नेकपा एमालेकोतर्फ उपाध्यक्ष पदमा उमेद्वारी दिएकि सहनशीलता वली डिसी ३५३५ मत ल्यायर बिजयी हुदा उनका प्रतिस्पर्धी एकीकृत समजबादिका ज्ञान्द्र बहादुर खत्रीले २९०६ मत ल्याएका छन् । नेपालि कांग्रेसकी काशिमाया राना ले २४६७ मत ल्यायाकी छन भने राप्रपा कि कृष्णी पुनले २५७ मत प्राप्त गरेकी छिन् । यहाँ १५,०६६ मतदाता रहेकोमा १०,१६६ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।

वडा नम्बर १ मा नेकपा एमालेका रबिलाल बस्नेत,वडा नम्बर २ मा नेकपा एमालेकै ईन्द्र बहादुर वली,वडा नम्बर ३ मा कांग्रेसका शिब खत्री,वडा नम्बर ४ मा नेकपा एमालेका बेल बहादुर चन्द, वडा नम्बर ५ मा नेकपा एमालेकै टोप बहादुर कार्की, वडा नम्बर ६ मा नेकपा माओबादिका टेकराज पुलामी र वडा नम्बर ७ मा नेकपा एमालेबाट मित्र लाल सुनार बिजयी भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here