कालीमाटीमा स्वतन्त्र उमेद्वारलाई चुनाब चिन्ह प्रदान

0
482

दिलिप ढकाल, गुर्भाकोट बैशाख १७- स्थानिय तहको निर्बाचनमा स्वतन्त्र उमेद्वारी दिएका कालिमाटी गाउपालिकाका उमेद्वारहरुलाई निर्बाचन अधिकृतको कार्यालय कालिमाटीले चुनाब चिन्ह प्रदान गरेको छ । कालिमाटी गाउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका तुलसी प्रसाद केसीले पुतली चुनाब चिन्ह पाएका छन् ।

वडा नम्बर ३ बाट स्वतन्त्र रुपमा वडाअध्यक्षको उमेद्वारी दिएका डिल्ली बहादुर खत्रीले पानीको धारो चुनाब चिन्ह पाएका हुन् भने वडा नम्बर ६ बाट स्वतन्त्र उमेद्वारि दिएका कृष्ण बहादुर खत्रीले पुतली चुनाब चिन्ह पाएको कालिमाटी गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत तथा कालिमाटी गाउपालिका सहाएक निर्बाचन अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । यसैबीच स्थानिय तहको निर्बाचनको लागि बैसाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएका १३२ जनामध्ये २ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । उमेद्वारी फिर्ता लिनेहरुमा स्वतन्त्र उमेद्वार १ जना र नेकपा एकीकृत समाजबादीको १ जना रहेका छन ।

वडा नम्बर ४ बाट वडा अध्यक्षको लागि स्वतन्त्र उमेद्वारी दिएका नित्रलाल ओलिले आफ्नो उम्मेद्बारी फिर्ता लिएका हुन भने एकीकृत समाजबादीको तर्फबाट वडा नम्बर ६ को वडा अध्यक्षको लागि उम्मेद्बारी दर्ता गराएका कुमार रानाले आफ्नो उमेदारी फिर्ता लिएको सहाएक निर्बाचन अधिकृत हरिबहादुर खत्री जानकारि दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here