दिलिप ढकाल गुर्भाकोट – देश संघिय संरचनामा गए पश्चात भएको स्थानिय तहको निर्बाचन बाट चुनिएका जना प्रतिनिधि हरु को ५ बर्षे कार्यकाल सकिन अब केहि दिन मात्र बाकि रहदा यहि ३० गते हुने स्थानिय तहको निर्बाचन को आज २७ गते अन्तिम दिन दलका नेताहरु दिन भरि जसो बृहत चुनाबी आम सभा लाई सम्बोधन गर्नमै ब्यस्त भए।यस्तै आज सल्यानको बिकट पालिकाको रुपमा चिनिएको कालिमाटी गाउपालिकामा नेकपा एमाले कालिमाटी गाउ-कमिटि को आयोजनामा आज अन्तिम बृहत चुनाबी आम सभा कालिमाटी गाउपालिकामा सम्पन्न भएको छ। नेकपा एमाले पोलिट व्युरो सदस्य /कर्णाली प्रदेश कमिटि सह ईन्चार्ज एवं सल्यान जिल्ला ईन्चार्ज गुलाब जुङ्ग शाह को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम संचालन नेकपा एमाले कालिमाटी गाउ-कमिटि अध्यक्ष केशर सिंह बुढाले गर्नु भएको थियो।
कार्यक्रम मा बोल्दै शाहलेदेशै भरि एमाले प्रति जना लहर बढ्दै गईरहेको बेला आजको यो जनलहर ले आउदो ३० गते हुने स्थानीय तहको निर्बाचनमा नेकपा एमाले ले फराकिली मतान्तरले जित हासिल गर्ने समेत बताउनु भयो। कालिमाटी गाउपालिका बिगत देखि नै एमालेको लाल्किला भएकोले एमालेको किल्ला तोड्ने कसैले सपना नदेख्न समेत उहाले आग्रह गर्नु भयो। त्यस्तै कार्यक्रम मा बोल्दै नेकपा एमालेको तर्फ बाट कालिमाटी गाउपालिका अध्यक्ष्य पदका उमेद्वार दान बहादुर खत्रीले आफु नेत्तृत्वको स्थानिय सरकारले पाच बर्षको समयमा जनताको हितको लागि थुप्रै कामको सुरुवात गरेको र कतिपया काम सम्पन्न भैसकेको र बाकि काम सम्पन्न गर्नको लागि फेरी अध्यक्ष पदमा उमेद्वारी दिएको बताउनु भयो। त्यसतै उपाध्यक्ष पदाकी उमेद्वार सन्सिलता वली डिसी ले आफ्नो पाच बर्षे कार्यकालमा एकल महिला तथा बेरोजगार युबतिको क्षेत्रको विभिन्न सिप मुलक तालिम दिएर आत्मा निर्भर बनाएको भन्दै महिलाको जिबन स्तर माथि उठाउनको लागि अझै धेरै काम गर्न बाकि रहेकाले पालिका उपाध्यक्ष पदमा पूण उमेद्वारी दिएको बताउनु भयो।
कार्यक्रम मा वडा नम्बर २ का वडा अध्यक्ष पदमा उमेद्वार ईन्द्र बहादुर वली ,वडा नम्बर ३ का वडा अध्यक्ष पदका उमेद्वार बिर बहादुर वली, वडा नम्बर ४ का वडा अध्यक्ष पदमा उमेद्वार बेल बहादुर चन्द लगाएत को उपस्थिति रहेको थियो। चुनाबी आम सभामा बिभिन्न पार्टी परित्याग गरि ५० भन्दा बढीले पार्टी प्रवेश गरेका थिए। कालिमाटी गाउपालिकाको पुतलि बजारमा सम्पन चुनाबी आम सभामा २५०० बढीको उपस्थिति रहेको रहेको थियो। उक्त कार्यक्रममा दिलिप रावतले आनो मन्तब्य राख्नु भएको थियो।